१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

…त्यसपछि देउवा पोखरा छोड्न बाध्य भए

७ बैशाख २०७९, बुधबार १३:३३

वैशाख ७, काठमाडौँ | सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेल टुङ्ग्याएको छ । आइतबारबाट घनिभूत छलफलमा जुटेका गठबन्धनका शीर्ष नेताबीच बुधबार महानगर र उपमहानगरपालिको सिट बाँडफाँटमा सहमति जुटेको हो  | सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेल टुङ्ग्याएको छ । आइतबारबाट घनिभूत छलफलमा जुटेका गठबन्धनका शीर्ष नेताबीच बुधबार महानगर र उपमहानगरपालिको सिट बाँडफाँटमा सहमति जुटेको हो । ६ महानगर र ११ उपमहानगरपालिकामा काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भागबण्डा टुङ्गिएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार महानगरमा काँग्रेसले तीन र माओवादी, एकीकृत समाजवादी र जसपाले एक–एक ठाउँमा मेयरका साझा उम्मेदवार बनाउने भएका छन् । काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाएको छ । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका प्रमुख पाएका छन् । माओवादी, एकीकृत समाजवादी र जसपाले प्रमुख पाएको महानगरमा काँग्रेसले उपमेयर पाएको छ भने काँग्रेसले प्रमुख पाएको काठमाडौँमा एकीकृत समाजवादीले, विराटनगरमा जसपाले र ललितपुरमा ललितपुर माओवादीले उपमेयर पाएको छ ।

यस्तै ११ उपमहानगरपालिका मध्ये काँग्रेसले ७ र माओवादीले दुई प्रमुख लिने सहमति भएको छ । यस्तै एकीकृत समाजवादी र जसपाले एक–एक उपमहानगरको प्रमुख पाउने भएका छन् । काँग्रेसले बुटवल, तुलसीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढीको उपमहानगरपालिका मेयरमा गठबन्धनकाका साँझ उम्मेदवार उठाने भएको छ । काँग्रेसले सुरुमा सबै उपमहानगरपालिका प्रमुख आफूले राखेर माओवादी, एकीकृत समाजवादी र जसपालाई उपप्रमुख मात्र दिने अडान राखेको थियो ।

अन्तिममा काँग्रेसले ११ मध्ये ४ वटा उपमहानगरपालिका माओवादी, एकीकृत समाजवादी र जसपालाई छोडेको छ । काँग्रेसलाई उपमहानगरको सात वटा मेयर पद भागमा पर्दा उपमेयरमा भने ४ वटा मात्र परेको छ । काँग्रेसले जनकपुर, हेटौडा, जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको उपमेयर पाएको छ । 

यस्तै सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर पाएको छ । माओवादीले उपमेयरमा पनि दुई वटा उपमहानगरपालिका मात्र पाएको छ । उसले धरान र धनगढी उपमहानगरपालिका उपमेयर पाएको हो ।

यस्तै एकीकृत समाजवादीले हेटौँडा उपमहानगरपालिका मात्र भएको भने जनकपुरधाम उपमहानगरपालिका प्रमुख जसपाको भागमा परेको छ ।


यसअघि एकीकृत समाजवादीले हेटौडासहित बुटवल र इटहरी उपमहानगरपालिका दाबी गरेको थियो । तर पोखरा महानगरको मेयर पाएपछि हेटौडामा चित्त बुझाएको छ । त्यसको बोनसमा एकीकृत समाजवादीले उपमहानगरपालिको तीन वटा उपमेयर पाएको छ ।  इटहरी, बुटवल र तुलसीपुरमा गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार हुने भएका छन् । 

नेपालगञ्ज र कलैया उपमहानगरपालिका प्रमुखमा दाबी गरेको जसपा जनकपुर सीमित भएको छ । तर उपमहानगरको उपमेयरमा जसपाले दुई सिट पाएको छ । गठबन्धनबाट कलैया र नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुखमा जसपाका उम्मेदवार प्रतिस्पर्धा गर्ने भएका छन् ।

…त्यसपछि देउवा पोखरा छोड्न बाध्य भए

गठबन्धनभित्र एकीकृत समाजवादीलाई महानगर प्रमुख दिन सुरुमा काँग्रेस सकारात्मक थिएन । काँग्रेसभित्र असन्तुष्टि र गठबन्धनभित्रको सन्तुलन मिलाउन गठबन्धनका शीर्ष नेतालाई सकस परेको थियो । खास गरी पोखरा महानगर प्रमुखमा काँग्रेस र समाजवादी दुवैले दाबी गरेपछि गठबन्धनभित्र सहमति जुटाउन कठिन परेको थियो ।

सिट बाँडफाँटका क्रममा आफ्नो पार्टीलाई एउटा पनि महानगर मेयर नदिए गठबन्धनबाट बाहिरिने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चेतावनी नै दिएका थिए । सोमबार साँझ भएको छलफलमा नेपाल कड्किएर बालुवाटारबाट निस्किएपछि देउवा पोखराबारे सोच्न बाध्य भएका थिए । 

सहमतिको खोजीमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका गण्डकी प्रदेश सभापति, कास्की जिल्ला सभापति र नेता यज्ञबहादुर थापालाई काठमाडौँ बोलाएका थिए । एकीकृत समाजवादीलाई मेयर छोड्दा जित्न सकिने नसकिनेबारे उनीहरूसँग देउवाले ब्रिफिङ लिएका थिए । काँग्रेस नेताहरूले एकीकृत समाजवादीले मेयर पाए जित्न कठिन हुने बताए । 

त्यसपछि प्रधानमन्त्री देउवाबाट एकीकृत समाजवादीका पोखरा मेयरका दाबेदार धनराज आचार्यलाई बालुवाटार बोलावट भयो । देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको परामर्शमा आचार्यसँग मंगलबार साँझ बालुवाटारमा पोखराको वस्तुस्थितिबारे जानकारी लिएका थिए । सोही क्रममा आचार्यले पोखराको मेयरमा आफू जित्नेमा शङ्का नगर्न भन्दै पार्टीका १२ हजार सक्रिय सदस्य रहेको तथ्य पेस गरेका थिए । आचार्यले उक्त तथ्य पेस गरेपछि बल देउवा एकीकृत समाजवादीलाई पोखराको मेयरमा गठबन्धनको साझा उम्मेदवार बनाउन तयार भएका थिए । तर काँग्रेस नेताहरूले आचार्यलाई रुख चुनाव चिह्नबाट उम्मेदवार बन्न जोड गरेका थिए । 

आचार्यले काँग्रेसको प्रस्ताव अस्वीकार गर्दै कलम चिह्नबाटै गठबन्धनको साझा उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा उत्रिने अडान लिए । अन्ततःआचार्यलाई कलम चिह्नबाट गठबन्धनको साझा उम्मेदवार बनाउने कुरामा काँग्रेस सहमत भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल