१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अर्थतन्त्र बिग्रनुमा केपी शर्मा ओली पनि दोषी छन्’

८ बैशाख २०७९, बिहीबार १२:१७

 वैशाख ८, काठमाडौँ |अर्थविद्हरूले देशको अर्थतन्त्र बिग्रनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि दोषी भएको बताएका छन् । नेपाल बुद्धिजीवि परिषद्ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर तिलक रावलले अर्थतन्त्र बिग्रनुमा वर्तमान प्रधानमन्त्री र अर्थमन्त्री मात्रै दोषी नरहेको बताएका हुन् ।'निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाड्दा अर्थतन्त्र अब्बल स्थितीमा रहेको थिएन,’ उनले भने, ‘ओलीले छाड्दा पनि देशको अर्थतन्त्रको स्थिति नकरात्मक नै थियो ।’

त्यसैले, अर्थतन्त्र बिग्रनुमा वर्तमान सरकार मात्रै दोषी नभएको रावलको भनाइ थियो । देशको अर्थतन्त्र अनियन्त्रित आयात मूख्य कारण रहेको र यसलाई घटाउनै पर्ने बाध्यता हाम्रो सामू रहेको रावलको भनाइ छ । यसैगरी, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गरेर निर्यात वृद्धिमा समेत जोड दिइनुपर्ने उनले बताए ।

यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनालले एकले अर्कालाई दोष देखाउनुभन्दा पनि मिलेर समाधान खोज्नुपर्ने बताए । उनले आरोप/प्रत्यारोपणमा उत्रनुभन्दा समस्या समाधानतर्फ अघि बढ्नुपर्ने समेत बताए । कोभिड–१९ महामारीको समयमा उद्योगहरूले राखेको कच्चा पदार्थको मौज्दात सकिएको र महामारी नियन्त्रणतर्फ आएपछि आयात बढाउँदा समग्र आयात बढेको देखिएको खनालको भनाइ छ ।

यसैगरी, देशको कूल गार्हस्थ उत्पादन र सबैभन्दा बढी रोजगारी दिएको क्षेत्र कृषि प्राथमिकतामा नपर्दा आयात बढेको खनालले बताए । ‘नेपाललाई कृषि प्रधान देश भनिन्छ । तर, खर्बौं रुपैयाँको कृषि सामाग्री र खाद्यान्न आयात हुन्छ,’ खनालले भने, ‘यसबाट देशको समग्र अर्थतन्त्र नै धरासायी बनेको छ ।’ यही गतिमा आयात भइरहे र पर्यटन तथा रेमिट्यान्स नसुध्रिएमा देशको अर्थतन्त्र श्रीलंकाकै जस्तो बन्ने सम्भावना समेत रहेको खनालले बताए ।

परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढ्दा र अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढ्दा भुक्तानी सन्तुलनमा चाप परेको जानकारी दिए । यसका साथै, खाद्यान्नको आयात समेत निरन्तर उकालो लाग्दा तथा विदेशी पर्यटक नआउँदा विदेशी मुद्रा आर्जनको स्रोत रोकिएपछि डलरको सञ्चितीमा चाप परेको देवकोटाले बताए । योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका देवकोटाले आयात नियन्त्रण गर्नु र उत्पादन बढाउनु नै अर्थतन्त्रमा देखिएको समस्याको समाधान भएको बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार