भदौ १५, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताउनुभएको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय निकाय नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताउनुभएको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय निकाय नि"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक : मन्त्री लेखक

२०७३, १५ भाद्र बुधबार ०७:५१

भदौ १५, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताउनुभएको छ । 

कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय निकाय निर्वाचन सम्बन्धी कार्य सरकारले चाडैं अगाडि बढाउने तयारी गरेकाले यसका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

मन्त्री लेखकले स्थानीय निकायको चुनाव लामो समयदेखि नहुँदा विकास निर्माणको कार्यसमेत प्रभावित भइरहेकाले सक्दो चाडो चुनाव गराउनु अनिवार्य छ भन्दै अगामी चैतभित्रमा स्थानीय निकायको निर्वाचन गराउने तयारी सरकारले गरेको बताउनुभयो । 

सरकार गठनका लागि भएको कार्यगत एकता चैतसम्ममात्रै नभएर तीनवटै निकायका निर्वाचन गराउनसम्म भएकोमा जोडदिदैं उहाँले बाढीपीडित, सुकुम्वासी र आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउनका लागि सरकाले पहल गर्ने बिचार व्यक्त गर्नुभयो । 

मन्त्री लेखकले बेदकोट नगरपालिकाको दैजी हुँदै पर्यटकीय क्षेत्र लिपनासम्मको सडक चालु आवभित्रै कालोपत्रे गर्नका लागि कार्य अगाडि बढाउने बताउँदै दैजी बेलडाँडी सडक कालोपत्रेका लागि कार्य भइरहेको जानकारी दिनुभयो । 

महाकाली नदीमाथि नेपाली भू–भागमै चार लेनको पक्की पुल निर्माणका लागि कार्यअगाडि बढिसकेको पनि उहाँले उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त