१६ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

२१ बैशाख २०७९, बुधबार ०३:३१

बैशाख २१, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै पनि नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् ।

एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा उनले नेकपालाई विभाजनबाट जोगाउन प्रयास गरेका थिए । तर, एमालेका पूर्व उपाध्यक्षसमेत रहेका गौतम पछिल्लो समय एमालेसमेत परित्याग गरेका थिए ।

एमाले विभाजन भएर माधवकुमार नेपाल, झलनाथ खनालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । तर, गौतम एमाले र एकीकृत समाजवादी दुवै दलमा सहभागी नभई राष्ट्रिय एकता अभियान सञ्चालन गरेका थिए ।

राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमको अभियानमा जोडिएका नेताहरू कोही एमाले र कोही एकीकृत समाजवादीमा लागेका थिए । गौतमकी श्रीमती तुलसा थापा सघीय सांसदसमेत हुन् । उनी एमालेमै रहेकी छन् ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा गौतमले एकीकृत समाजवादीको चुनाव चिह्न कलमलाई मतदान गर्न भन्दै गीत लेखेर आफूलाई एकीकृत समाजवादीको पक्षमा उभ्याएका छन् ।

‘जनता जगाउने, कलममा छाप लगाउने’ बोलको गौतमको शब्द रहेको गीत मंगलबार सार्वजनिक भएको छ । कृष्ण केसीको स्वर र संगीत रहेको गीतमा जुना श्रीष मगरले गायनमा साथ दिएकी छन् । गीतको भिडियोको कभरमै गौतमको तस्बिर राखिएको छ भने भिडियोमा पनि गौतमलाई देखाइएको छ ।

गौतमले लेखेको सो गीत सामाजिक सञ्जालमा सेयर गर्दै समाजवादीका अध्यक्ष नेपालले ‘कमरेड वामदेव गौतमले रचना गर्नुभएको ‘कलममा भोट हाल्न’ अपिल गरिएको गीत भनेर लेखेका छन् । समाजवादीका नेताहरूले सो गीत सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

- आजको राजधानीमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित श्रीमती र युवकको प्रेमका कारण भयो वीरेन्द्रको हत्या सुन तस्करीमा संलग्न महरा थुनामुक्त सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ खाना पकाउने क्रममा कुकर पड्किँदा घाइते भएकी महिलाको मृत्यु कांग्रेस–एमालेबीचको सहकार्य ०८४ सम्मै रहन्छ : ईश्वर पोखरेल आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री ओली