2026-06-16 11:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाधिवेशनपछि राप्रपामा लिङ्देन ‘एक्सप्रेस’

२०७९ बैशाख २१, बुधवार

बैशाख २१, काठमाडौँ । राप्रपाको महाधिवेशन सकिएको पाँच महिना नाघ्यो । गत १५–१७ मंसिरमा भएको महाधिवेशनले अध्यक्षमा कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन विजयी भए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन त्यतिबेला दबाबमा आए, जतिबेला स्थानीय तहको निर्वाचन घोषणा भयो । कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रुपमा पुगेका लिङ्देनले ‘संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो, राजनीति ठिक छैन । राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ’ भनेर मन्तव्य दिए ।

महाधिवेशन स्थलमा पुगेका कांग्रेसका प्रतिनिधि र सहभागीले ताली बजाए, उनीपछि मञ्चमा पुगेका केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाले लिङ्देनको टिप्पणीप्रति समय खर्चिनुपर्‍यो । देश स्थानीय तहको निर्वाचनको माहोलमा प्रवेश ग¥यो । राप्रपामा नेतृत्व नयाँ भए पनि पार्टीको परम्परागत संरचना चुनाव जित्नका लागि पर्याप्त थिएन । यसर्थ लिङ्देन सबैभन्दा समयको दबाबमा परे । अध्यक्ष लिङ्देनले १८ र १९ फागुनमा काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाए । केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गराएर लिङ्देन २२ फागुनदेखि देश दौडाहामा निस्किए । 

उनले कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश बनाउन नसकेको, राष्ट्रिय भावना र स्वाभिमान झन् कमजोर हुँदै गएको, भ्रष्टाचारले देश चुर्लुम्म भएको, आफूले भ्रष्टाचार नगर्ने संकल्प लिएको, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर देश र जनताको सेवामा समर्पित हुन राजनीतिमा सक्रिय रहेको जस्ता अभिव्यक्ति दिँदै आएका छन् । 

                                                     

राप्रपाले देशभर दिनहुँजसो सभाहरूको आयोजना गर्दै गयो । हरेक सभामा केन्द्रीय नेताहरूसँँगै लिङ्देन आफैं पुग्न थाले ।  काठमाडौंमा जनताको ’रेस्पोन्स’ परीक्षण गर्न २५ चैतमा काठमाडौंमा राप्रपाले सभाको आयोजना गर्‍यो ।

अध्यक्ष लिङ्देनले २४ चैतमा इलामको फिक्कलमा आमसभाका लागि समय दिए । पार्टीका अन्य नेताहरूले काठमाडौंको सभालाई सफल र भव्य बनाउन अध्यक्ष लिङ्देनलाई इलामको सभा रद्द गर्न र काठमाडौं केन्द्रीत हुन सुझाव दिए । पूर्वनिर्धारित कार्यक्रम रहेको र इलाममा तयारी भइरहेकाले रद्द नगरी लिङ्देन इलाम पुगे । साँझ अबेर फर्किएका लिङ्देन सिधै पार्टी कार्यालय पुगेर तयारीको ब्रिफिङ्ग लिए । काठमाडौंको सभामा पनि सहभागी भए ।

उनले २६ चैतदेखि १० वैशाखसम्मको आफ्नो तालिका सार्वजनिक गरे । लिङ्देनको सहभागितामा देशका ५२ जिल्लामा ८० भन्दा बढी सभाहरु भइसकेका छन् । काठमाडौं, पोखरा, वीरगञ्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर लगायत देशका अधिकांश जिल्लामा सभा गरेको राप्रपाले उम्मेदवारी दर्तापछि पनि सभाहरूलाई निरन्तरता दिइरहेको छ । कैलालीमा एकैदिन आठवटा सभा गरेको राप्रपाले नुवाकोटमा दुई, वीरगञ्जमा दुई, लमजुङ, तनहुँमा साना ठूला कोणसभा र सभाहरु भए । 

बुधबार लिङ्देन झापामा हुने विभिन्न सभाहरुमा सहभागी हुन झापा पुगेका पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसतासीमा हुने सभामा सम्बोधन गर्न झापा पुगेका लिङ्देन तीन दिनअघि कचनकवलको घेराबारी सभामा पुगेका श्रेष्ठले जानकारी दिए । 

कचनकवल र हल्दिबारी अघिल्लो निर्वाचनमा राप्रपाले जितेको स्थानीय तह हुन् । कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस, एमालेको गठबन्धन बनेको छ । निर्वाचनको मौन अवधि हुने दिनसम्म लिङ्देनले सभाका लागि विभिन्न जिल्लामा समय दिएका छन् ।

ती सभा जनताको उल्लेख्य सहभागिता रहेको र देखिएको जनलहरलाई भोटमा रुपान्तरण गर्न अध्यक्ष लिङ्देनको देशव्यापी दौडाहा भएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई करोडौंको क्षति, विभागले माग्यो उडान विवरण माग कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन