१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरणपछि हत्या गरिएकी एमाले कार्यकर्ता जुनमाया बुढाकाे शव रुकुम पठाइयाे, दोषीलाई कारबाही गर्न माग

२८ बैशाख २०७९, बुधबार ०६:१२

वैशाख २८, बुटवल | अपहरणपछि हत्या गरिएकी एमाले कार्यकर्ता डुथी बुढा भन्ने जुनमाया बुढाको शव बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टम गरिएको छ ।

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिबकामा उनको हत्या भएपछि शव पोष्टमार्टमका लागि बुधबार बिहान बुटवल ल्याइएको थियो । मृतकका भाइ धनबहादुर बुढा, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले एम्बुलेन्समा उनको शवलाई बुटवल ल्याएका थिए ।

एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले शव पोष्टमार्टम गरी आफन्तमार्फत दाहसंस्कारका लागि रुकुम पठाइएको जानकारी दिए । यही १९ वैशाखमा सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताको आक्रमणबाट करिब आधा दर्जन घाइते भएका थिए । सोही दिनदेखि जुनमाया बेपत्ता भएकी थिइन् । एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि माओवादीले आक्रमण गरी जुनमायालाई अपहरण गरेको र अपहरणपछि हत्या गरेको एमालेको आरोप छ ।

एमाले कार्यकर्ताले घरदैलो अभियान चलाइरहेका बेला माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । अपहरणपछि हत्या गरिएकी जुनमायाको शव मंगलबार घरदेखि करिब तीन किलोमिटरमाथि भेटिएको थियो ।

रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ । माओवादी स्थानीय नेता कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

शव पोष्टमार्टमका लागि बुटवल आएका मृतकका भाइ धनकुमार बुढाले माओवादी कार्यकर्ताले नै दिदीको हत्या गरेको भन्दै कारबाहीको माग गरे । दोषीलाई कारबाही गर्न प्रहरीले बेवास्ता गरिरहेको भन्दै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे । शवको प्रकृति हेर्दा कानबाट रगत बगेको, शरीरभर निलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको स्पष्ट भएको एमाले पोलिटब्यूरो सदस्य न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार