१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्थानीय निर्वाचन: गाउँ भरिए, सहर रित्तिए

२८ बैशाख २०७९, बुधबार ०६:२३

वैशाख २८, सुर्खेत | स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा सहर बजार खाली हुन थालेका छन् । स्थानीय तहका नयाँ जनप्रतिनिधि चुन्न नागरिकहरू सहर छाडेर गाउँतिर लागेका हुन् । 

सुर्खेतको वीरेन्द्रनगर बजारमा दुई दिनदेखि गाउँमा जानेको ताँती लागेको छ । कर्णालीका सबै बजार क्षेत्र र सदरमुकाम खाली हुन थालेका छन् । 

सुर्खेतदेखि बाहिर जिल्लामा जानेकोख संख्या निकै वृद्धि भएको अहिले बस काउन्टरमा टिकट पाउन नै गाह्राे भएको सुर्खेत बसपार्कमा टिकट काउन्टरमा काम गर्ने अक्कल कार्कीले बताए । ‘गाउँ जानेको संख्या निकै वृद्धि भएको छ,’ उनले भने, ‘यात्रुको चाप बढी हुँदा यातायातको टिकट पाउन मुस्किल परेकाे छ ।’

सहरमा रहेका मतदातालाई उम्मेदवारहरूले गाडी रिजर्भ गरेर गाउँगाउँ लैजाने गरेको सुर्खेत बसपार्कमा भेटिएका जुम्ला कनकासुन्दरी गाउँपालिकाका राजकुमार बुढाले बताए । ‘हाम्रो गाउँपालिकाका उम्मेदवारले गाडी रिजर्भ गरेका छन् रे,’ उनले भने, ‘त्यो गाडी कतिबेला आउँछ भनेर पर्खेर बसेको छु ।’

मतदाताहरू गाउँगाउँमा जाँदा सुर्खेत बजारको व्यापार व्यवसायमा कमी आएको व्यापारी रामबहादुर मगरले बताए । ‘सुर्खेत बजारमा प्रायः पसल बन्द छन्,’ उनले भने,‘मतदाताहरू गाउँमा गएका कारणले व्यापारमा कमी आएकाे छ ।’ 

निर्वाचन नजिकएपछि गाउँमा गाउँमा मानिसहरु भरिभराउ हुन थालेको र आ-आफ्नो पक्षमा मत माग्न थालेको कालीकोट नरहरिनाथ गाउँपालिका-९ लालुका रोहन बिष्टले बताए । ‘अहिले गाउँमा मानिसहरूकाे चहलपहल निकै बढेको छ,’ उनले भने, ‘मतदान गर्न बाहिरबाट आएका कारणले चहलपहल निकै बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार