४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङमा सकियो मतगणनाः ४ पालिकामध्ये २ कांग्रेस, २ एमाले

३१ बैशाख २०७९, शनिबार ०६:५८

वैशाख ३१, पोखरा | मनाङमा मतगणना सकिएको छ । चार पालिका रहेको यहाँ दुईवटाको अध्यक्षमा कांग्रेस र दुई वटामा एमालेका अध्यक्ष विजयी भएका छन् ।

नासों गाउँपालिका र नार्पाभूमीमा कांग्रेस विजयी हुँदा चामे र मनाङ ङिस्याङमा एमाले विजयी भएका छन् । नासों गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङले एमालेका मनबहादुर गुरुङलाई पराजित गरेका हुन् ।

नार्पाभूमीमा कांग्रेसका कोन्जो तेन्जिङ लामाले कांग्रेसकै बागी कृष्णबहादुर लामालाई हराएका हुन् ।

चामे गाउँपालिकामा एमालेका लोकेन्द्र घलेले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई पराजित गरे । मनाङ ङिस्याङमा एमालेका कान्छा घलेले कांग्रेसकी छिरिङ ओङमा घलेलाइ पराजित गरेका हुन् ।

कान्छा र लोकेन्द्र दोश्रो पटक पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को चुनावमा पनि चामे र मनाङ ङिस्याङ एमाले तथा नासों र नार्पाभूमिमा कांग्रेस विजयी भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ