डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रका रोकाया विजयी

साझासवाल
1 Min Read

<p><b>वैशाख ३१, सुर्खेत | </b>डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले सात सय ७० मत पाएर विजयी भएका हुन् ।<br></p><p>रोकायका प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले सात सय ४६ मत ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छिन् । उनले सात सय ५९ मत ल्याइन् भने प्रतिस्पर्धी एमालेकी चन्द्रावति थापाले सात सय ४९ मत पाएकी छन् । ६ वडा रहेको पालिकामा दुई वडामा माओवादी, तीन वडामा एमाले र एउटामा कांग्रेस विजयी भएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply