डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत

साझासवाल

<p>जेठ २, डोल्पा | डोल्पा सदरमुकाम रहेकाे ठुलीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनले एक हजार दुई सय ८६ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एसका कर्णबहादु रोकायले नाै सय ४५ भोट ल्याइ पराजित भए । उपप्रमुखमा कांग्रेसकै छिरिङ टोल्मा महतले आठ सय ४८ मत ल्याएर&nbsp; विजय भएका छन् । उनको प्रतिद्धन्द्धी वीरबलकुमार भण्डारीले ६ सय ८६ मत ल्याएर पराजित भएका छन् ।&nbsp;</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/bf508cc5bc7f6d891ad28efcf6296cdd1652689616.jpg" style="width: 887px;"><br></p><p>११ वडा रहेको ठुलीभेरीमा वडा नम्वर १ मा कांग्रेसका तेजेन्द्र रोकया, २ मा नेकपा माओवादी केन्द्रका कमल क्षत्री, वडा नम्वरमा ३ मा कांग्रेसका भक्त भण्डारी, वडा नम्वर ४ मा नेकपा एमालेका जुद्धबहादुर बुढा, वडा नम्वर ५ मा कांग्रेसकै भीमबहादुर रोकाय, वडा नम्वर ६ मा माओवादी केन्द्रका तेजेन्द्र कार्की,&nbsp; वडा नम्वर ७ मा एमालेका ध्रुवविक्रम शाही, वडा नम्वर ८ मा नेकपा ( एकीकृत समाजबादी) का मनराज ठकुल्ला, वडा नम्वर ९ मा कांग्रेसकै&nbsp; सुवास कठायत, वडा नम्वर १० मा कांग्रेसका हंसबहादुर महत&nbsp; र वडा नम्वर ११ मा एकीकृत समाजवादीका भद्र कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।&nbsp;&nbsp;</p>

Leave a Comment

Leave a Reply