२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका हरी र उपाध्यक्षमा एमालेका धाना

२०७९, २ जेष्ठ सोमबार ०९:१७

जेठ २, बैतडी | बैतडीको सिगास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरी सिंह धामी विजयी भएका छन् । उनले नेकपा एमालेका जसबीर सिंह बोहरालाई पराजित गर्दै विजयी भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यी दुईबीचको प्रतिस्प्रधामा धामी विजयी भएका थिए ।  

निर्वाचन जित्दै गर्दा धामीले ३४४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी  एमालेका जसबिर बोहराले १८०० मत ल्याएका छन् । 

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी धाना धामी विजयी भएकी छन् । धामीले २९३९ मत प्राप्त गरेकी छन्  भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सुमित्रा ऐरले २६९६ मत प्राप्त गरेकी छन् । 

सिगास गाउँपालिकाको वडा न. १ मा कांग्रेसका रामचन्द्र ऐरी, २ मा एमालेका ठकेन्द्र ऐरी, ३ मा कांग्रेसका अमरसिंह धामी, ४ मा काग्रेसका हरिसिंह बोहरा ५मा एमालेका राजेन्द्र चन्द, ६ मा कांग्रेसका तेज बहादुर बोहरा, ७ मा कांग्रेसका कृष्ण कुमार साउद, ८ मा एमालेका केशव बहादुर बोहरा विजयी भएकाछन् । वडा न.९ मा कांग्रेसका कृष्ण सिंह धामी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ