२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु विजयी

२०७९, २ जेष्ठ सोमबार १०:३५

जेठ २, सर्लाही | नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । 

रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जित सँगै सर्लाहीमा माओवादी केन्द्रले जितको खाता खोलेको छ । यादव चार हजार ८१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मत पाएका छन् । 


मत परिणामअनुसार यादवका निकटतम् प्रतिस्पर्धी उनकै काका हरिनन्दनप्रसाद यादव छन् । उनले नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए । हरिनन्दनले २३ सय ३९ मत मात्र प्राप्त गरेका छन्री ।  

गाउँपालिकको उपाध्यक्षमा पनि माओवादी केन्द्रकै उम्मेदवार गीतादेवी साह ३५ सय २३ मतसहित विजयी भइन् । उनकाे निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६ सय ३७ मतमात्र प्राप्त गरिन । 

यस्तै, स्वन्त्र उमेद्वारी दिएका निवर्तमान अध्यक्षका छोराले केएस राहुल बर्माले १६ सय सात मत मात्र प्राप्त गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद बर्मा निर्वाचित भएका थिए । उनकाे गत बर्ष असारमा निधन भएको थियो । सुरुमा उनकै छोरालाई कांग्रेसको तर्फबाट टिकट दिने भनिए पनि नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

गाउँपालिका अध्यक्षमा विजयी उम्मेदवार राजाबाबु सर्लाही क्षेत्र नम्बर ४ का प्रभावशाली माओवादी केन्द्रका नेता एवं पुर्व सांसद शिवपुजन रायका जेठा छोरा हुन् । रामनगर गाउँपालिका समेत गरी सर्लाहीमा तिन वडा पालिकाको नतिजा सार्वजनिक भएको छ । धन्कौल गाउँपालिका र हरिपुर नगरपालिकाको मेयर-उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भइसहेका छन् ।

यस्तै, रामनगर गाउँपालिकाको वडाध्यक्षमा १ नम्बर वडामा माओवादी केन्द्रका ब्रह्मदेव चौधरी, २ नम्बरमा माओवादी केन्द्रका सदानन्द यादव, ३ नम्बरमा माओवादी केन्द्रका अजय यादव, ४ नम्बरमा नकपा एमालेका वीरेन्द्र ठाकुर, ५ नम्बरमा माओवादी केन्द्रका श्रीन्नदन प्रसाद यादव, ६ नम्बरमा नेपाली कांग्रेसका गुदर साह, ७ नम्बरमा नेपाली कांग्रेसका गौरी शंकर पण्डित कुम्हार विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी