२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा लोसपाको पहिलो जित

५ जेष्ठ २०७९, बिहीबार १५:०५

जेठ ५, सर्लाही | गोडैता नगरपालिकामा जित निकाल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाहीमा आफ्नो साख जोगाएको छ । 

गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका देवेन्द्र कुमार यादव दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । यादवले ५४२ मत अन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार कुशवाहकलाई पराजित गरे । जितसँगै यादवको ५ वर्षे कार्यकाल दोहोरिएको छ ।

विजयी भएका यादवले ५२९४ मत प्राप्त गरे । निकटतम देखिएका कुशवाहले ४७५२ मत मात्र पाए । योसहित कुशवाह दोस्रो पटक मेयरपदको उम्मेदवारबाट पराजित भएका हुन् । उनी २०७४ मा पनि गोडैता नगरपालिकाबाट मेयरको उम्मेदवार बनेका थिए । तर, कुशवाहले निवर्तमान मेयर यादवसँग २५५ मत अन्तरले पराजित भएका थिए । 

लगतै भएको प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को (ख)बाट निर्वाचित भएका थिए । निर्वाचित सांसद समेत रहेका उनले यस निर्वाचनको लागि मधेश प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा फेरी यसपटक पनि उम्मेदवारी दिएका हुन् ।

यस्तै उपमेयर पदमा पनि लोसपाबाट उम्मेदवार बनेकी अंजना कुशवाह निर्वाचित भएकी छन् । उनले कुल ५३०१ मत प्राप्त गरिन् । निवर्तमान उपमेयरसमेत रहेकी ८०५ मत अन्तरको जित निकालेकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रामसखी देवीले ४४९३ मतमात्र प्राप्त गरिन् । 

निर्वाचित मेयर यादव र उपमेयर कुशवाह २०७४ सालमा तत्कालीन राष्ट्रिय जनतापार्टी (राजपा)बाट मेयर र उपमेयरमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने