२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीको कविलासी मेयर र उपमेयरमा कांग्रेस विजयी

२०७९, ६ जेष्ठ शुक्रबार १०:४५

जेठ ६, सर्लाही | कविलासी नगरपालिकामा कांग्रेसका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्  । कविलासी नगरपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका उम्मेदवार ब्रम्हदेव राय निकटतम प्रतिस्पर्धी जनता समाजवादीका राम नरेश रायलाई १७८१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । ब्रम्हदेवले कुल ६४४४ प्राप्त गरे । निकटतम रहेका जसपाका राम नरेशले ४६६३ मत मात्र प्राप्त गरे । 

नगरको उपमेयर पदमा समेत कांग्रेसकी उम्मेदवार पुनम कर्ण विजयी भएकी छन् । कर्णले निकटतम प्रतिस्पर्धी जनता समाजवादीकी उम्मेदवार एवं निवर्तमान उपमेयर राधा देवीलाई १९९१ मत अन्तरले पराजित गरेकी हुन् । कर्णले कुल ६९०७ मत प्राप्त गरिन् । उनकाे निकटतम प्रतिस्पर्धी देवीले ४९१६ मतमात्र पाइन् । 

पालिकाका निवर्तमान मेयर कौशलकिशोर राय ३५१८ मतसहित तेस्रो स्थानमा पुगेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट विजयी भएका यादवले एमालेबाट उम्मेदवारी दिएका थिए । निर्वाचनको मुखमा आएर पार्टी बदलेका उनलाई पनि जनताले नरुचाएका स्थानीयको भनाइ छ ।

कविलासी नगरपालिकाको वडाध्यक्षतर्फ १ नम्बरमा कांग्रेसका दिपलाल राय यादव, २ मा एकीकृत समाजवादीका रामपुकार मण्डल, ३ मा एमालेका रामविश्वास राय, ४ मा जसपाका गिरधारी राय, ५ मा कांग्रेसका सुरेन्द्र राय, ६ मा कांग्रेसका पुरुषोतम राय, ७ मा कांग्रेसका धरवेन्द्र राय यादव, ७ मा कांग्रेसका वीरेन्द्रप्रसाद साह, ९ मा कांग्रेसका रामदिनेश राय र १० मा कांग्रेसका विनोदकुमार महतो विजयी भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी