२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

वडाध्यक्षले मृतकका परिवारलाई १५ हजार दिने निर्णय गरेपछि…

२०७९, ८ जेष्ठ आईतवार ०७:०३

जेठ ८, दैलेख | स्थानीय तह निर्वाचनको मत परिणाम सकिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिने र पदभार ग्रहण गर्ने क्रम जारी छ । पदभार ग्रहण गर्दै गर्दा वडाध्यक्षदेखि पालिकाको मेयर/अध्यक्षहरुले समेत पहिलो निर्णय गर्ने गरेका छन् । कर्णालीका कतिपय जनप्रतिनिधिहरु पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । बरु उक्त तलवभत्ताबाट पाउने रकमबाट अक्षय कोष स्थापना गर्नेदेखि सुत्केरी महिलाहरुको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उनीहरुको भनाइ छ । 

यसैबीच एक जना वडाध्यक्षले पदभार ग्रहण गर्दै गर्दा फरक खाले  निर्णय गरेका छन् । दैलेखको नारायण नगरपालिका वडा नम्बर–१ का नवनिर्वाचित वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले  वडामा कोही नागरिकको मृत्यु भए मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेका छन् । 


निर्णयसम्बन्धी पत्र सार्वजनिक भएपछि उनको कतिपयले आलोचना पनि गरेका छन् ।  नेपाली काँग्रेसबाट ३७८ मत ल्याएर निर्वाचित बनेका श्रेष्ठले भने निर्णयको बचाउ गरे ।  उनले भने ,‘मैले सकरात्मकनै सोचेर निर्णय गरेको हो । गाउँमा दुःखी, गरिब, विपन्न व्यक्तिहरु हुन्छन् । उनीहरुको परिवारमा कोही व्यक्ति मरेको खण्डमा काजकिरिया गर्ने बेलामा पैसा हुँदैन । बाहिर अहिले वकालत गर्ने बेलामा उच्छृङ्खल तरिकाले गरेपनि त्यही पैसाले ठुलो राहत पुग्ला भन्ने हेतुले मैले त्यो निर्णय गरेको हुँ ।’

उनले सामाजिक सञ्जालमा आफूमाथि भएका टिप्पणीप्रति कुनै सरोकार नभएको बताए । ‘दुःखमा मल्हम लगाउनका लागि गरेको निर्णय हो । त्यो पनि न्युन आय भएको व्यक्तिका लागि । सु–सम्पन्न व्यक्ति त लिन नै आउँदैन नि,’उनले भने, ‘वर्षमा कम्तिमा ५/१० वटै व्यक्तिहरुको निधन होला । मैले गरेको निर्णयका आधारमा त्यो किसिमको रकम वडामा दिन नमिल्ने भए, वा पालिकाले नदिने भएपनि मेरो पारिश्रमिकले पनि पुग्छ । पारिश्रमिकबाट भएपनि दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने