४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

वडाध्यक्षले मृतकका परिवारलाई १५ हजार दिने निर्णय गरेपछि…

८ जेष्ठ २०७९, आईतवार ०७:०३

जेठ ८, दैलेख | स्थानीय तह निर्वाचनको मत परिणाम सकिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ लिने र पदभार ग्रहण गर्ने क्रम जारी छ । पदभार ग्रहण गर्दै गर्दा वडाध्यक्षदेखि पालिकाको मेयर/अध्यक्षहरुले समेत पहिलो निर्णय गर्ने गरेका छन् । कर्णालीका कतिपय जनप्रतिनिधिहरु पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । बरु उक्त तलवभत्ताबाट पाउने रकमबाट अक्षय कोष स्थापना गर्नेदेखि सुत्केरी महिलाहरुको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उनीहरुको भनाइ छ । 

यसैबीच एक जना वडाध्यक्षले पदभार ग्रहण गर्दै गर्दा फरक खाले  निर्णय गरेका छन् । दैलेखको नारायण नगरपालिका वडा नम्बर–१ का नवनिर्वाचित वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले  वडामा कोही नागरिकको मृत्यु भए मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेका छन् । 


निर्णयसम्बन्धी पत्र सार्वजनिक भएपछि उनको कतिपयले आलोचना पनि गरेका छन् ।  नेपाली काँग्रेसबाट ३७८ मत ल्याएर निर्वाचित बनेका श्रेष्ठले भने निर्णयको बचाउ गरे ।  उनले भने ,‘मैले सकरात्मकनै सोचेर निर्णय गरेको हो । गाउँमा दुःखी, गरिब, विपन्न व्यक्तिहरु हुन्छन् । उनीहरुको परिवारमा कोही व्यक्ति मरेको खण्डमा काजकिरिया गर्ने बेलामा पैसा हुँदैन । बाहिर अहिले वकालत गर्ने बेलामा उच्छृङ्खल तरिकाले गरेपनि त्यही पैसाले ठुलो राहत पुग्ला भन्ने हेतुले मैले त्यो निर्णय गरेको हुँ ।’

उनले सामाजिक सञ्जालमा आफूमाथि भएका टिप्पणीप्रति कुनै सरोकार नभएको बताए । ‘दुःखमा मल्हम लगाउनका लागि गरेको निर्णय हो । त्यो पनि न्युन आय भएको व्यक्तिका लागि । सु–सम्पन्न व्यक्ति त लिन नै आउँदैन नि,’उनले भने, ‘वर्षमा कम्तिमा ५/१० वटै व्यक्तिहरुको निधन होला । मैले गरेको निर्णयका आधारमा त्यो किसिमको रकम वडामा दिन नमिल्ने भए, वा पालिकाले नदिने भएपनि मेरो पारिश्रमिकले पनि पुग्छ । पारिश्रमिकबाट भएपनि दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ