१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगार: ‘म्यानपावर कम्पनीहरुलाई आम्दानी र खर्चको विवरण ७ दिनभित्र पेश गर्न विभागको निर्देशन

८ जेष्ठ २०७९, आईतवार ०७:०७

जेठ ८, काठमाडौँ । वैदेशिक रोजगार विभागले नेपाल सरकार र मलेसिया सरकारवीच द्विपक्षीय श्रम सम्झौता भएको मितिदेखि म्यानपावर कम्पनी (इजाजतपत्रवाला संस्था) बाट मलेसिया पठाइएका श्रमिकहरुको रोजगारदाता सहितको विवरण माग गरेको छ । विभागले विहिबार म्यानपावर कम्पनीहरुलाई परिपत्र गर्दै म्यानपावर कम्पनीबाट कामदारहरुलाई मलेसिया पठाउदा रोजगारदाताबाट प्राप्त भएको हवाई टिकट खर्च लगायतका सेवा शुल्कको आम्दानी तथा खर्चको विवरण [email protected] मा ७ दिन उपलब्ध गराउन अनुरोध गरेको हो । 

वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै नेपाली कामदारहरुको लागि सुरक्षित श्रम गन्तव्य मुलुकहरुको पहिचानको साथसाथै द्विपक्षीय श्रम सम्झौता गर्ने क्रममा नेपाल सरकार र मलेसिया  सरकारबीच सन् २०१८ मा द्विपक्षीय श्रम सम्झौता सम्पन्न भई हाल सम्म कार्यान्वयनको अवस्थामा रहेको छ । द्विपक्षीय सम्झौतामा उल्लिखित प्रावधानहरु बमोजिम मलेशिया जाने नेपाली कामदारहरुलाई आतेजाते हवाई टिकट, भिसा जारी तथा नविकरण दस्तुर, लेवी लगायतका शुल्कहरु रोजगारदातालेनै व्यहोर्ने व्यवस्था विद्यामान छ । 

गत बैशाख १४ देखि १९ सम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको नेतृत्वमा सम्पन्न मलेसिया भ्रमणको सिलसिलामा रोजगारदाता संस्थाहरुका प्रतिनिधि समेतको उपस्थितिमा भएको द्विपक्षीय छलफलमा मलेसियाबाट  कामदारको मागपत्र प्राप्त गर्न नेपाली व्यवसायीहरुवाट अस्वस्थ प्रतिपर्धा हुने गरेको विषयको उठान भएको थियो । व्यवसायीहरुले मागपत्र प्राप्त गर्नको लागी ठूलो रकमको चलखेल भएको भन्ने जानकारी प्राप्त भएकोले सो सम्बन्धमा तथ्यको खोजि गरी वैदेशिक रोजगारीमा भएको वा हुन सक्ने अथितिलाई अन्त्य गरी सुरक्षित, व्यवस्थित र मर्यादित श्रम प्रशासनको व्यवस्थापन गर्ने सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरुको समेत सहयोग आवश्यक देखिएकोले विवरण माग गरिएको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने