२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरधाममा स्वतन्त्रको अग्रता कायमै, गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा

२०७९, ८ जेष्ठ आईतवार ०७:३६

जेठ ८, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले १० हजार मत कटाएका छन्।

उपमहानगरपालिकामा रहेको २५ वडामध्ये २० वटा वडाको मतगणना सम्पन्न भएपछि नेपाली कांग्रेसबाट बागी भएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजले १० हजार १२५ मत पाएका छन्।


यस्तै, नेकपा एमालेका शिवशंकर साहले ८ हजार ३६२ मत ल्याए।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका लालकिशोर साहले ४ हजार ४३ मतसहित तेस्रो स्थानमा कायम रहेका छन्। लालकिशोर निवर्तमान मेयर हुन्।

लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी ३ हजार ९९२ मत सहित चौथो स्थानमा रहेका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतो ३ हजार १४६ मत सहित पाँचौ स्थानमा रहेका छन्।

यस्तै उपमेयरतर्फ गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवारी दिएका किशोरी साह ११ हजार ६१६ मत पाएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झाले ९ हजार ४७८ मत सहित दोस्रो स्थानमा रहेकी छन्।

यस्तै, निवर्तमान उपमेयर लोसपाकी रिताकुमारी मिश्र ४ हजार १२० मतसहित तेस्रो स्थानमा रहेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प