१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार महानगरमा गठबन्धनकै अग्रता, काठमाडौंमा बालेन धेरै अगाडि

८ जेष्ठ २०७९, आईतवार १०:५५

जेठ ८, काठमाडौँ | विराटनगरबाहेक देशका पाँचवटै महानगरको मतगणना जारी छ। तीमध्ये चारवटै महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। 

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन्। हालसम्मको मतगणनाअनुसार बालेनले नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितभन्दा १७ हजार बढी मतले अग्रता लिएका छन्। बालेनले ३९ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत र सिर्जनकोभन्दा स्थापित एक हजार मतले पछाडि छन्।

भरतपुर महानगरपालिकामा ९४ हजार २३२ मत गनिसक्दा गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत पाएर अग्रता कायम राखेकी छन्। एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत ल्याएर पछ्याइरहेका छन्। त्यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अहिलेसम्म गणना भएकामध्ये ४० प्रतिशत मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लोपटक सार्वजनिक गरेको परिणामअनुसार १ लाख १ हजार १२१ मत गणना गर्दा आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन्। 

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा र वीरगञ्ज महानगरमा गठबन्धनका राजेशमान सिंह एमालेका विजय सरावगाीभन्दा दोब्बर मतले अगाडि छन्।

विराटनगर मेयरमा नेपाली का‌ंग्रेसका नागेश कोइराला नेकपा एमालेका उम्मेदवार सागर थापालाई पराजित गर्दै शनिबार मेयरमा निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने