२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार महानगरमा गठबन्धनकै अग्रता, काठमाडौंमा बालेन धेरै अगाडि

२०७९, ८ जेष्ठ आईतवार १०:५५

जेठ ८, काठमाडौँ | विराटनगरबाहेक देशका पाँचवटै महानगरको मतगणना जारी छ। तीमध्ये चारवटै महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। 

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन्। हालसम्मको मतगणनाअनुसार बालेनले नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितभन्दा १७ हजार बढी मतले अग्रता लिएका छन्। बालेनले ३९ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत र सिर्जनकोभन्दा स्थापित एक हजार मतले पछाडि छन्।

भरतपुर महानगरपालिकामा ९४ हजार २३२ मत गनिसक्दा गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत पाएर अग्रता कायम राखेकी छन्। एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत ल्याएर पछ्याइरहेका छन्। त्यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अहिलेसम्म गणना भएकामध्ये ४० प्रतिशत मत पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लोपटक सार्वजनिक गरेको परिणामअनुसार १ लाख १ हजार १२१ मत गणना गर्दा आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन्। 

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा र वीरगञ्ज महानगरमा गठबन्धनका राजेशमान सिंह एमालेका विजय सरावगाीभन्दा दोब्बर मतले अगाडि छन्।

विराटनगर मेयरमा नेपाली का‌ंग्रेसका नागेश कोइराला नेकपा एमालेका उम्मेदवार सागर थापालाई पराजित गर्दै शनिबार मेयरमा निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश