२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लमजुङका ७५ वडामा एक जनामात्र दलित वडाध्यक्ष

२०७९, ८ जेष्ठ आईतवार १२:५४

जेठ ८, लमजुङ | लमजुङको ८ स्थानीय तहमा एक जनामात्रै दलित उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको राइनास नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा शंखबहादुर सार्की निर्वाचित भएका हुन् ।

शंखबहादुरले ५ सय ९९ मत ल्याएर वडाध्यक्ष जिते । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रञ्जित कुमालले ३ सय ८५ मत ल्याए । राप्रपाका शिवराज पोख्रेलले १० मत प्राप्त गरे । 

वडाध्यक्षमा उठेका ७ जना दलित समुदायका उम्मेदवार भने वडाध्यक्ष पराजित भएका छन् । वडाको खुला सदस्यमा ५ जना निर्वाचित भएका छन् ।

दोर्दी गाउँपालिका ८ मा एमालेबाट पञ्चबहादुर बिक, वडा नम्बर ९ मा एमालेबाटै सुकदेव कामी, मध्यनेपाल नगरपालिका १० मा कांग्रेसबाट बुधमाया बिक, राइनास नगरपालिका ७ मा माओवादी केन्द्रबाट वीरबहादुर सार्की र सुन्दरबजार नगरपालिका ८ मा कांग्रेसबाट शेरसिंह कार्की वडा सदस्यमा निर्वाचित भएका छन् ।

राइनास नगरपालिका ५ बाट वडाध्यक्षमा निर्वाचित ५७ वर्षीय शंखबहादुर सार्की १५ वर्षसम्म खाडी मुलुकमा बसेर ९ वर्षअघि नेपाल फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल