जेठ ९, चितवन | भरतपुर महानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निर्वाचित हुने पक्का भएको छ ।

गन्न बाँकी मतभन्दा धेरैको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ९, चितवन | भरतपुर महानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निर्वाचित हुने पक्का भएको छ ।

गन्न बाँकी मतभन्दा धेरैको "/>

२३ मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

भरतपुरको उपमेयरमा कांग्रेसका अधिकारीको जित पक्का

९ जेष्ठ २०७९, सोमबार ०९:०६

जेठ ९, चितवन | भरतपुर महानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निर्वाचित हुने पक्का भएको छ ।

गन्न बाँकी मतभन्दा धेरैको अग्रता लिएका कारण अधिकारीको जित पक्का भएको हो । हालसम्म भरतपुरको १ लाख १२ हजार ३ सय ७६ मत गणना भएको छ । अब १५ हजार १ सय ६३ मत मात्रै गन्न बाँकी छ ।


उपमेयरमा अधिकारीले ४६ हजार ४ सय ७१ मत ल्याएर १९ हजार ६७ मतको अग्रता लिइसकेका छन् । उपमेयरमा राप्रपाकी हिमला गुरुङले २७ हजार ४ सय ४ मत प्राप्त गरेकी छिन् ।

मेयरमा गठबन्धनकै रेणु दाहाल जितनजिक पुगेकी छिन् । उनले नेकपा एमालेका विजय सुवेदीसँग १० हजार ६ सय ५१ मतको अग्रता लिएकी छिन् । दाहालले ४५ हजार ३८९ मत ल्याउँदा सुवेदीले ३४ हजार ७३८ मत ल्याएकी छिन् ।

अहिले वडा नम्बर २५ र २६ को मतगणना अन्तिम चरणमा पुगेको छ । भरतपुरमा अहिलेसम्म कांग्रेसले १४, एमालेले ५ , नेकपा एसले ३ र माओवादीले २ वडा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा