१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरमा उपमेयरको मतगणना फेरि गर्नुपर्ने मागसहित उजुरी

९ जेष्ठ २०७९, सोमबार ०९:२६

जेठ ९, काठमाडौँ | काठमाडौं महानगरपालिकाको उपमेयरको मतगणना फेरि गणना गर्न माग गर्दै गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।

उम्मेदवार नै नभएका नेपाली कांग्रेसको चुनाव चिह्न रूखसहित आफ्नो चुनाव चिह्न कलममा पनि आएको मतलाई बदर मान्न नहुने मागसहित उनले उजुरी दिएका हुन्। श्रेष्ठले उम्मेदवार भएको र नभएको दुवै चिह्नमा आएको मतलाई उम्मेदवार भएको चिह्नमा गन्न माग गरेको काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले पुष्टि गरे।


श्रेष्ठले दोहोर्याएर मतगणना गर्नपर्ने मागसहित निवेदन दिए पनि मतगणना भने जारी रहेको जानकारी उनले दिए। मुख्य निर्वाचन अधिकृत खतिवडाले निर्वाचन आयोगको निर्देशकाबमोजिम नै मतगणना भइरहेकाले त्यस्तो मतलाई बदर भनेरै गणना गरिने बताए। उनले भने, ‘‘निर्वाचन आयोगको निर्देशन र स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार एउटा मात्र उम्मेदवार चयन हुने पदमा दुईवटा मत संकेत पाइएमा त्यस्तो मत बदर हुने भएकाले त्यस्तो मतलाई बदरै मानेर मतगणना जारी राखेका छौँ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल