१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनले जित्नु अपवाद हो, कहिलेकाहीँ यस्तो हावा चल्छ- कांग्रेस प्रवक्ता

९ जेष्ठ २०७९, सोमबार १०:३८

जेठ ९, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बालेन शाहसहितका स्वतन्त्र उमेदवारले जित्नु अपवाद भएको बताएका छन् । स्वतन्त्र उमेदवारको जितले दलीय व्यवस्थालाई नै कमजोर पार्छ भन्ने व्याख्या ठिक नहुने पनि उनले बताए ।

उनले राजनीतिमा कहिलेकाहीँ स्वतन्त्र जिताउने हावा चल्ने भन्दै अहिले पनि काठमाडौंसहितका ठाउँमा त्यस्तो हावा चलेको बताए । 


“राजनीतिमा कहिलेकाहीँ त्यस्तो हावा चल्छ । दलहरूभन्दा बाहिरबाट जिताइयो भने त्यसले पो केही गरिहाल्छ कि भनेर मान्छेहरूलाई लाग्न सक्छ,” निर्वाचन परिणामबारे धारणा आयोजित पत्रकार सम्मेलनमा महतले भने, “काठमाडौंमा पनि त्यही भयो ।”

उनले काठमाडौंमा बालेन शाहको अग्रता र अन्य ठाउँमा पनि स्वतन्त्र उमेदवारको जितलाई अपवादका रूपमा अर्थ्याए ।

“केही ठाउँमा स्वतन्त्रले जिते अग्रता आयो भन्दैमा त्यसले दलीय व्यवस्थालाई नै कमजोर बनायो भन्ने हुँदैन,” महतले भने, “काठमाडौंमा पनि त्यही हो । अन्यत्र पनि त्यही हो । यसलाई हामीले अपवादका रूपमा लिएका छौँ ।” 

उनले बालेनप्रति देखिएको जनमतलाई केपी शर्मा ओलीले राजनीतिप्रति घृणा फैलाउने काम गरेका कारण पनि पूरै राजनीतिप्रति महानगरवासीको असन्तुष्टि भएको दाबी गरे ।

“बहुमत पाएर पनि केपी शर्मा ओलीले सत्ता सञ्चालन गर्न नसक्दा र पटकपटक संसद् विघटन गर्दा राजनीतिप्रति नै असन्तुष्टि फैलिने काम भयो । त्यसको रियाक्सनमा नेपाली कांग्रेसलाई पनि घाटा भयो,” डा. महतले भने, “हाम्रा कमिकमजोरी रहेछन् भने हामी समीक्षा गर्नेछौँ ।” उनले समीक्षाका क्रममा उमेदवार छनोटमा कमीकमजोरी भएको भन्ने निष्कर्ष आए आगामी दिनमा सच्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल