२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचित जनप्रतिनिधिमध्ये ४१.४२ प्रतिशत महिला, कुन प्रदेश कति महिला उम्मेदवारले जिते ?

२०७९, १३ जेष्ठ शुक्रबार ०७:४९

जेठ १३, काठमाडौँ | हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा १४ हजार ४०७ जना महिला उम्मेदवार विजयी भएका छन् । 

आयोगका अनुसार कूल विजयी उम्मेदवारमध्ये महिलाको संख्या ४१.२१ प्रतिशत रहेको छ । हालसम्म देशभर पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३४ हजार ९५३ जना उम्मेदवार विजयी बनिसकेका छन् । अब २६८ जनप्रतिनिधि निर्वाचित हुन बाँकी रहेको छ । 


आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन ३५ हजार २२१ जनप्रतिनिधिको लागि भएको थियो । निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगका अनुसार नेपाली कांग्रेसबाट ५ हजार ५४८, नेकपा एमालेबाट ५ हजार २६, नेकपा (माओवादी केन्द्र)बाट २ हजार ७९, जनता समाजवादी पार्टी (जसपा), नेपालबाट ६४३, नेकपा (एकीकृत समाजवादी)बाट ४०६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११६ र राष्ट्रिय जनमोर्चाबाट ६४ जना महिला उम्मेदवार विजयी बनेका छन् । 

बाँकी विजयी हुने महिलाहरु अन्य दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरु छन् । 

प्रदेशक १ बाट २ हजार ४५५, मधेस प्रदेशबाट २ हजार ७७०, बागमति प्रदेशबाट २ हजार ३४७, गण्डकी प्रदेशबाट १ हजार ६२२, लुम्बिनी प्रदेशमा २ हजार १२४, कर्णाली प्रदेशमा १ हजार ५२४ र सुदूरपश्चिम प्रदेशममा १ हजार ५६० जना महिला उम्मेदवार विजयी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश