२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मध्यनेपाल–१० का अध्यक्षको प्रतिबद्धता

१४ जेष्ठ २०७९, शनिबार १०:२६

जेठ १४, लमजुङ | मध्यनेपाल नगरपालिका वडा नम्वर १० का नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र भण्डारीले घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएका छन् । दोश्रो पटक वडा अध्यक्षमा निर्वाचित भण्डारीले पदभार ग्रहण गरेसँगै आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता घरघरमै पुराउने प्रतिवद्धता जनाएका हुन् ।

वडा अध्यक्ष भण्डारीले एक विज्ञप्ति जारी गर्दै सरकारले जेष्ठ नागरिक, एकल महिला एवं अपांगता भएका व्यक्तिलाई उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने उल्लेख गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण हुँदै आएकोमा नगरपालिका र सम्वन्धित बैकसँग समन्वय गरी गाउँमै शिविर आयोजना गर्ने र अशक्त असाह्यहरुका लागि घरमै पुराउने व्यवस्था गर्ने उनले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरणबाहेक वडा अध्यक्ष भण्डारीले अबको कार्यकालमा स्थानीयबासीको चाहाना र आवश्यकताबमोजिम राजनैतिक, सामाजिक र आर्थिक उपलव्धीलाई संस्थागन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’