२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विष्णु रिमाल भन्छन्–एमालेलाई ३४ प्रतिशत जनमत, कांग्रेसलाई २९ र माओवादीलाई ११ प्रतिशत

२०७९, १४ जेष्ठ शनिबार ११:००

 जेठ १४, काठमाडौ | नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ३४ प्रतिशत मतसहित नेकपा एमाले स्थानीय तह निर्वाचनमा बहुमत र लोकप्रिय मत प्राप्त गरेको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले बढी मात्रामा सिट हासिल गरे पनि पालिका प्रमुखहरूले प्राप्त गरेका मत विश्लेषणका आधारमा एमाले पहिलो दल भएको दाबी उनको छ ।

रिमालका अनुसार एमालेबाट विजयी तथा पराजित मेयर/अध्यक्षहरूले कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतमध्ये ३४ प्रतिशत अर्थात ३८ लाख नौ हजार ६ सय ९८ मत प्राप्त गरेर पहिलो दल बनेको हो । 

‘पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षले प्राप्त गरेको मतलाई सोझो हिसाब गर्ने हो भने मेयर/अध्यक्षहरूको कुल एक करोड १२ लाख आठ हजार एक सय ९५ मतको ३४ प्रतिशत अर्थात ३८ लाख नौ हजार ६ सय ९८ मत एमालेको  छ ।’ रिजालले भनेका छन, ‘जसअनुसार कांग्रेसले ३३.३ प्रतिशत मत मात्रै प्राप्त गरेको छ ।’ गठबन्धन गरेर होम्मिएको कांग्रेसका मेयर र अध्यक्षहरूको प्राप्त गरेका मतका आधारमा ३३.३ प्रतिशत मत मात्रै प्राप्त गरेको रिमालको भनाइ छ । 

निर्वाचन आयोगको तथ्यांक उल्लेख गर्दै रिमालले सात सय ५३ मध्ये तीन सय ११ स्थानीय तहमा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा होमिएको तथा तीन सय सात स्थानमा कांग्रेसले दुई वा तीन दलिय गठबन्धन गरेका कारणले मात्रै ३३.३ प्रशिशत मत प्राप्त गर्न सफल भएको हो ।

नेकपा एमालेबाट चोइटिएको नेकपा एसको जम्मा चार प्रतिशत मत रहेको रिमालले उल्लेख गरेका छन् । ‘नेकपा एसको चार प्रतिशत पनि सबै उसको होइन, कांग्रेस र माओवादी गठबन्धनबाट पाएको हो,’रिमालले विश्लेषण गरेका छन् । नेकपा ‘एस’को एक तिहाइ अर्थात् १.३३ प्रतिशत कटाउँदा कांग्रेसको ३२ प्रतिशत मात्र रहनेछ भने अझ माओवादी केन्द्रबाट पाएको लाभको अनुमानित तीन प्रतिशत कटाउँदा कांग्रेसले २९ प्रतिशत मात्रै पाएको रिमालको तर्क छ । 

चुनाव चिह्न रुखबाट निर्वाचित जनप्रतिनिधिको संख्या एमालेको भन्दा बढी कांग्रेसको स्वीकारर्दै रिमालले भनेका छन् । बढीलाई एमालेले घटी भनि रहेको छैन, एमालेले मात्र एउटा प्रश्न गरिरहेको छ–कांग्रेसको खातामा आएको त्यो ‘पुँजी’ उसको आफ्नै हो वा त्यसमा अरुको अंश पनि छ ? यदि कांग्रेस आफूलाई ‘पहिलो’भन्न चाहन्छ भने उसले आफूले ‘सहयोगी’बाट लिएको ‘सापटी’ कति हो छुट्याउन परेन ? साँवा, सापटी, ब्याज सबै एक्लै कांग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र ?

‘यदि गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो भयो । गठबन्धनभित्रका दलहरूबीच के कसरी अंशबण्डा भएको छ ? त्यो ती दलहरुको आन्तरिक विषय हो ।’रिमालको तर्क छ, ‘यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सिटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल