१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानसेनापति शर्मा असार ४ गते लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा निस्कने, किन जादै छन्?

१७ जेष्ठ २०७९, मंगलवार ०६:४७

जेठ १७, काठमाडौँ | प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन् । 

आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिने उदेश्यरले प्रधानसेनापतिले लेबनान र सिरियाको भ्रमण गर्न लागेका हुन् । 


लेबनान र सिरियामा राष्ट्रसंघको शान्ति मिसनमा ठूलो संख्यामा नेपाली शान्ति सैनिक खटिएका छन् । 

प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गर्नेछन् । 

‘भ्रमणको दौरान, प्रधान सेनापति महारथी शर्मा लगायतका भ्रमण टोलीले उक्त मिशनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनु भई उक्त राष्ट्र तथा शान्ति मिशनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नु हुनेछ,’ सेनाको विज्ञप्तिमा उल्लेख छ ।  

यस प्रकारको निरीक्षण भ्रमणबाट द्वन्दग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिबृद्धि हुनुको साथै उच्च पदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।  

लेबनान र सिरियाको निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति शर्मा अमेरिका जाने कार्यक्रम रहेको छ । असार १३ देखि १७ गतेसम्म उनले अमेरिकाको भ्रमण गर्नेछन् । 

‘उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक