२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राजीनामा दिएर चुनाव लडे, हारेपछि निवेदनको भरमै फेरि नियुक्ति

२०७९, १८ जेष्ठ बुधबार १३:३६

जेठ १८, कपिलवस्तु | निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजित कुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह अध्यक्ष रहेको व्यवस्थापन समितिले निवेदनको भरमा शिक्षक नियुक्त गरेको छ ।

स्थानीय तहको निर्वाचनमा महाराजगन्ज नगरपालिका वडा नम्बर ६ मा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिनका लागि सिंहले राजीनामा पेस गरेका थिए । उनले वैशाख ८ राजीनामा बुझाए पछि अर्को दिन स्वीकृत गरिएको जनाउँदै पत्र काटिएको थियो । राजीनामा दिएको प्रमाण पत्र दिए पछि उनले उम्मेदवारी दिएका थिए । सिंहले ४ सय ९४ मत प्राप्त गरी तेस्रो भएका थिए । 

व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख शाहसँग मौखिक आदेशमा राजीनामा स्वीकृत गरेको पत्र बनाइएको विद्यालयका प्रअ प्रदीप कुमार सिंहले बताए । शिक्षक र विद्यालयका प्रअ दाजुभाइ हुन् । सिंह दाजुभाइ र मेयर शाह बीच काका भतिजाको सम्बन्ध समेत रहेको छ ।

सिंहले सी.टी.इ.भि.टी. १८ महिने कोर्स अन्तर्गत वाली विज्ञान विषय अध्यापन गराउन सहायक प्रशिक्षक पदमा ३ वर्ष अगाडि नियुक्त भएका थिए । राजीनामा स्वीकृत भएपछि पदपूर्तिको लागि सूचना प्रकाशन नगरी ठाडो नियुक्ति गरिएको थियो । 

निर्वाचनमा पराजित भए पछि उनले विद्यालयमा सोही पदमा नियुक्तिका लागि निवेदन पेस गरेका थिए । निवेदनको आधारमा विद्यालय व्यवस्थापन समितिको जेठ १५ गते बसेको बैठकले पुरानो सेवा सुविधा दिने गरी नियुक्त गर्ने निर्णय गरेका थियो । तर प्रचलित कानुन अनुसार रिक्त पदमा दरखास्त आह्वान गरे पछि मात्र नियुक्त गर्ने नियम रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा