सन्तोषकुमार गुप्ता | भदौ २०, देउखुरी | नेपाल सरकारका सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै हुनुहुन्छ । मन्त्री भए पछि गिरी पहिलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | भदौ २०, देउखुरी | नेपाल सरकारका सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै हुनुहुन्छ । मन्त्री भए पछि गिरी पहिलो"/>
२०८२, १३ चैत्र शुक्रबार
दाङ्ग - DNG

सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै, एक दर्जन बढी कार्यक्रम

२०७३, २० भाद्र सोमबार १५:२५

सन्तोषकुमार गुप्ता | भदौ २०, देउखुरी | नेपाल सरकारका सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै हुनुहुन्छ । मन्त्री भए पछि गिरी पहिलो पटक दाङ आउन लाग्नु भएको हो । 

मन्त्री गिरी मंगलबार हेलिकेप्टरबाट बिहान ८ बजे भैरहवा अवतरण हुने र त्यहाँबाट गृह जिल्ला दाङ आउने कार्यक्रम नेपाली काँग्रेस दाङले जनाएको छ । दुई दिने दाङ बसाईका क्रममा दाङ आउन लाग्न भएका गिरीले सिँचाई मन्त्रालय अन्र्तगतका सरकारी योजनाहरुको स्थलगत निरक्षण तथा देउखुरीको भालुवाङ देखि तुलसीपुर सम्मका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट, स्वागत र सम्मान कार्यक्रम समेत तय गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव शंकर डाँगीले जानकारी दिनु भयो । दाङ क्षेत्र नम्बर ५ बाट सांसद बन्नु भएका गिरीले बर्तमान सरकारमा सिंचाई मन्त्रालय सम्हाल्नु भएको हो । गिरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत हुनुहुन्छ । यसैबीच सचिव डाँगीले सोमबार एक प्रेस विज्ञप्थी जारी गरी २१ र २२ गतेको कार्यक्रमको जानकारी गराउनु भएको छ । मंगलबार बिहान ११ बजे राप्ती किनारमा बन्न लागेको बड्कापथ सिचाई आयोजनाको स्थलगत निरक्षण, आयोजनाका पद्धाधिकारीहरुसंग छलफल, १२ बजे लालमटियाको मसुरियामा कर्याकर्ता भेटघाट, १ बजे लमहीमा रहेको बड्कापथ सिचाई तथा प्रगन्ना कार्यालयको निरिक्षण तथा कर्मचारीहरु संगको छलफल र लमही पार्टी कार्यालयमा कर्याकर्ता भेटघाट कार्यक्रम रहेको जानकारी दिनु भयो ।

त्यसैगरी २ बजे जिल्ला प्रशासन कार्यालय दाङमा जिल्लका सरकारी कार्यालयका प्रमुखहरु संगको छलफल तथा निर्देशन दिने कार्यक्रम रहेको सचिव डाँगीले जानकारी दिनु भयो । दिउसो ३ बजे पार्टी कार्यालयमा मन्त्री गिरीलाई स्वागत, सम्मान र बधाई सँगै जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम आयोजना गरिएको सचिब डाँगीले बताउनु भयो । त्यसैगरी २२ गते बुधबार बिहान ७ बजे सिँचाई डिभिजन कार्यालय दाङको निरक्षक, ८ बजे प्रेस युनियनले आयोजनाको पत्रकार सम्मेलन कार्यक्रममा सम्बोधन गर्ने, साढे ८ बजे तुलसीपुर श्रीचौर कुलो निरिक्षण, साढे १० बजे क्षेत्र नम्बर ४ मा कार्यकर्ता भेटघाट तथा सम्बोधन, साढे १२ बजे तुलसीपुर—५ कृष्णमन्दिर परिसरमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा सम्बोधन, ४ बजे पश्चिम दाङको बाढी प्रभावित क्षेत्रको निरिक्षण गरी २३ गते बिहान राजधानी फर्किने कार्यक्रम रहेको सचिव डाँगीले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु