सन्तोषकुमार गुप्ता | भदौ २०, देउखुरी | नेपाल सरकारका सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै हुनुहुन्छ । मन्त्री भए पछि गिरी पहिलो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | भदौ २०, देउखुरी | नेपाल सरकारका सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै हुनुहुन्छ । मन्त्री भए पछि गिरी पहिलो"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै, एक दर्जन बढी कार्यक्रम

२० भाद्र २०७३, सोमबार १५:२५

सन्तोषकुमार गुप्ता | भदौ २०, देउखुरी | नेपाल सरकारका सिचाई मन्त्री दिपक गिरी मंगलबार दाङ आउँदै हुनुहुन्छ । मन्त्री भए पछि गिरी पहिलो पटक दाङ आउन लाग्नु भएको हो । 

मन्त्री गिरी मंगलबार हेलिकेप्टरबाट बिहान ८ बजे भैरहवा अवतरण हुने र त्यहाँबाट गृह जिल्ला दाङ आउने कार्यक्रम नेपाली काँग्रेस दाङले जनाएको छ । दुई दिने दाङ बसाईका क्रममा दाङ आउन लाग्न भएका गिरीले सिँचाई मन्त्रालय अन्र्तगतका सरकारी योजनाहरुको स्थलगत निरक्षण तथा देउखुरीको भालुवाङ देखि तुलसीपुर सम्मका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट, स्वागत र सम्मान कार्यक्रम समेत तय गरिएको नेपाली काँग्रेसका जिल्ला सचिव शंकर डाँगीले जानकारी दिनु भयो । दाङ क्षेत्र नम्बर ५ बाट सांसद बन्नु भएका गिरीले बर्तमान सरकारमा सिंचाई मन्त्रालय सम्हाल्नु भएको हो । गिरी नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत हुनुहुन्छ । यसैबीच सचिव डाँगीले सोमबार एक प्रेस विज्ञप्थी जारी गरी २१ र २२ गतेको कार्यक्रमको जानकारी गराउनु भएको छ । मंगलबार बिहान ११ बजे राप्ती किनारमा बन्न लागेको बड्कापथ सिचाई आयोजनाको स्थलगत निरक्षण, आयोजनाका पद्धाधिकारीहरुसंग छलफल, १२ बजे लालमटियाको मसुरियामा कर्याकर्ता भेटघाट, १ बजे लमहीमा रहेको बड्कापथ सिचाई तथा प्रगन्ना कार्यालयको निरिक्षण तथा कर्मचारीहरु संगको छलफल र लमही पार्टी कार्यालयमा कर्याकर्ता भेटघाट कार्यक्रम रहेको जानकारी दिनु भयो ।

त्यसैगरी २ बजे जिल्ला प्रशासन कार्यालय दाङमा जिल्लका सरकारी कार्यालयका प्रमुखहरु संगको छलफल तथा निर्देशन दिने कार्यक्रम रहेको सचिव डाँगीले जानकारी दिनु भयो । दिउसो ३ बजे पार्टी कार्यालयमा मन्त्री गिरीलाई स्वागत, सम्मान र बधाई सँगै जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम आयोजना गरिएको सचिब डाँगीले बताउनु भयो । त्यसैगरी २२ गते बुधबार बिहान ७ बजे सिँचाई डिभिजन कार्यालय दाङको निरक्षक, ८ बजे प्रेस युनियनले आयोजनाको पत्रकार सम्मेलन कार्यक्रममा सम्बोधन गर्ने, साढे ८ बजे तुलसीपुर श्रीचौर कुलो निरिक्षण, साढे १० बजे क्षेत्र नम्बर ४ मा कार्यकर्ता भेटघाट तथा सम्बोधन, साढे १२ बजे तुलसीपुर—५ कृष्णमन्दिर परिसरमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा सम्बोधन, ४ बजे पश्चिम दाङको बाढी प्रभावित क्षेत्रको निरिक्षण गरी २३ गते बिहान राजधानी फर्किने कार्यक्रम रहेको सचिव डाँगीले जानकारी दिनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव