भदौ २१, विर्तामोड । नेपाल अटो मेकानिक्स ट्रेड युनियन झापाको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, विर्तामोड । नेपाल अटो मेकानिक्स ट्रेड युनियन झापाको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ "/>
३ माघ २०८२, शुक्रबार
झापा - JP

अटो मेकानिक्स ट्रेड युनियनमा निर्मला

२१ भाद्र २०७३, मंगलवार ०२:१९

भदौ २१, विर्तामोड । नेपाल अटो मेकानिक्स ट्रेड युनियन झापाको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ ।

बिर्तामोडमा सम्पन्न अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि निर्मला परियारको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा छवि सिटौला र सचिवमा राजकिशोर शाह चयन भएका छन् । 

यस्तै, सदस्यहरुमा अमिर खान, नसिम अलि, मञ्जु आलम र इकवाल अलि छन् । कोषाध्यक्ष, सहसचिव  र अन्य सदस्य भने समितिको पहिलो वैठकले मनोनयन गर्ने बताइएको छ । बन्दसत्र अघिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै नेपाल अटो मेकानिकक्स टेड युनियनका केन्द्रिय प्रतिनीधि माधव पाण्डेले अटो व्यवसायीहरुले आफ्नो हक अधिकार प्राप्तिका लागि हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताए । 

उनले यसक्षेत्रका व्यवसायीले राज्यबाट उचित सम्मान नपाएको बताए । व्यवसायीहरु बीच एकता नभएसम्म अटो पार्टस्का क्षेत्रमा देखिएको समस्या समाधान नहुने उनको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गदै पाण्डेले नयाँ प्रविधिलाई अगाल्न नसके यस क्षेत्रका व्यवसायी स्वतः विस्थापति भएर जाने बताए । 

नेपाल अटो मेकानिकक्स टेड युनियन झापाका अध्यक्ष धनपति सत्यालको सभापतित्वमा भएको कार्यक्रममा जिफण्ड मेची अञ्चल अध्यक्ष सन्तकुमार राई, नेपाल अटो मेकानिक्स टेड युनियनका उपाध्यक्ष पुरुषोत्तम भण्डारी, युनियनका महासचिव तुलसी ढकाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय सदस्य हस्तराज राई, एमाले जिल्ला सदस्य प्रेमप्रसाद सिटौला, धनकुमारी लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन युनियनकी झापा सचिव निर्मला परियारले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ