भदौ २१, विर्तामोड । नेपाल अटो मेकानिक्स ट्रेड युनियन झापाको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, विर्तामोड । नेपाल अटो मेकानिक्स ट्रेड युनियन झापाको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ "/>
२०८२, १३ चैत्र शुक्रबार
झापा - JP

अटो मेकानिक्स ट्रेड युनियनमा निर्मला

२०७३, २१ भाद्र मंगलवार ०२:१९

भदौ २१, विर्तामोड । नेपाल अटो मेकानिक्स ट्रेड युनियन झापाको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको छ ।

बिर्तामोडमा सम्पन्न अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि निर्मला परियारको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा छवि सिटौला र सचिवमा राजकिशोर शाह चयन भएका छन् । 

यस्तै, सदस्यहरुमा अमिर खान, नसिम अलि, मञ्जु आलम र इकवाल अलि छन् । कोषाध्यक्ष, सहसचिव  र अन्य सदस्य भने समितिको पहिलो वैठकले मनोनयन गर्ने बताइएको छ । बन्दसत्र अघिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै नेपाल अटो मेकानिकक्स टेड युनियनका केन्द्रिय प्रतिनीधि माधव पाण्डेले अटो व्यवसायीहरुले आफ्नो हक अधिकार प्राप्तिका लागि हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताए । 

उनले यसक्षेत्रका व्यवसायीले राज्यबाट उचित सम्मान नपाएको बताए । व्यवसायीहरु बीच एकता नभएसम्म अटो पार्टस्का क्षेत्रमा देखिएको समस्या समाधान नहुने उनको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गदै पाण्डेले नयाँ प्रविधिलाई अगाल्न नसके यस क्षेत्रका व्यवसायी स्वतः विस्थापति भएर जाने बताए । 

नेपाल अटो मेकानिकक्स टेड युनियन झापाका अध्यक्ष धनपति सत्यालको सभापतित्वमा भएको कार्यक्रममा जिफण्ड मेची अञ्चल अध्यक्ष सन्तकुमार राई, नेपाल अटो मेकानिक्स टेड युनियनका उपाध्यक्ष पुरुषोत्तम भण्डारी, युनियनका महासचिव तुलसी ढकाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय सदस्य हस्तराज राई, एमाले जिल्ला सदस्य प्रेमप्रसाद सिटौला, धनकुमारी लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन युनियनकी झापा सचिव निर्मला परियारले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु