2026-06-16 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेटाैँडामा काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो- बालेन

जेठ ३१, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशको राजधानी हेटाैँडामा भएको जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमबारे असन्तुष्टि जनाएका छन् ।


उक्त कार्यक्रममा सहभागि रहेका उनले सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै भनेका छन्, ‘बागमती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’मा सहभागी भएर धेरै खुशी लाग्यो ।’ मेयर शाहले सोमबारबाट हेटौँडामा सुरु भएको प्रशिक्षण कार्यक्रममा काठमाडौं महानगरपालिकालाई गाली गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सोमबारबाट सुरु भएको कार्यक्रममा सम्बन्धित नै नभएको काठमाडौं महानगरपालिकाबारे प्रश्न उठाइएको भन्दै काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रमको संज्ञा दिएका छन् ।बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकटेलले काठमाडौंको फोहोर काठमाडौंमै विसर्जनको व्यवस्था गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ