2026-06-17 02:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनै दलका मन्त्री एकसाथ फेर्ने गठबन्धनको गृहकार्य, देउवा सरकारबाट कुन कुन मन्त्री होलान् विदा?

असार १, काठमाडौँ | सरकारमा सहभागी मन्त्रीहरु फेरबदल गर्नेबारेमा सत्तारुढ दलका शीर्ष नेताहरु बीच बुधबार बालुवाटारमा छलफल भएको छ। कांग्रेस,माओवादी र एकीकृत समाजवादी गरी तीन पार्टीका मन्त्रीहरु फेरबदल गर्न गठबन्धनमा गृहकार्य भइरहेको नेताहरुको भनाइ छ। 


एकीकृत समाजवादीले जेठ २२ गते गरेको निर्णय कार्यान्वयन र माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु पनि फिर्ता गर्नेबारेमा शीर्ष नेताहरु बीच छलफल भएको हो। कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु पनि हेरफेर गर्नेबारे देउवाले गृहकार्य गरिरहेको गठबन्धनका एक नेताले बताए। 

यस्तै, प्रतिनिधि सभाबाट बजेट पारित गर्ने विषयमा पनि नेताहरु बीच कुराकानी भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रमेश मल्लले बालुवाटारको भेटमा सदनको काम कारवाहीबारे छलफल भएको जानकारी दिए। 'सदनको बारेमा छलफल भएको हो,' उनले भने।

माओवादी केन्द्रभित्र अर्थमन्त्री जनार्दन शर्माको भूमिकालाई लिएर नेताहरुले प्रश्न उठाएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले करको दर निर्धारणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै शर्माको राजीनामा माग गरेको थियो।

यस्तै, प्रचण्डले ऊर्जामन्त्री पम्फा भुसाल र शिक्षा मन्त्री देवेन्द्र पौडेललाई मंगलवार आफ्नो निवास खुमलटार बोलाएर मन्त्री हेरफेर गर्नेबारे छलफल गरेका थिए। मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा पनि मन्त्री फेर्नेबारे छलफल भएको एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले जानकारी दिए।

सत्ता गठबन्धनका शीर्ष नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेको मन्त्री फेर्ने निर्णयलाई प्रतिनिधि सभाबाट बजेट पारित हुन्जेलका लागि रोक्न आग्रह गरेका थिए। अहिले तीन वटै पार्टीका मन्त्रीहरु एकैसाथ फेर्नेगरी गृहकार्य भइरहेको नेताहरुको भनाइ छ। त्यसका लागि नेताहरुले आन्तरिक गृहकार्य गरिरहेका छन्।

माओवादी केन्द्रले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुन चाहने मन्त्रीहरुलाई फिर्ता बोलाएर अरु नेताहरुलाई मन्त्री बनाउने तयारी छ।एकीकृत समाजावादीमा मन्त्री फेर्ने विषयमा विवाद भएको थियो। स्वास्थ्य मन्त्री विरोध खतिवडा,शहरी विकास मन्त्री रामकुमारी झाक्री लगायतले तत्काल मन्त्रिपरिषदबाट नहट्ने अडान लिएपछि पार्टीका नेताहरुले मन्त्रीहरुको आलोचना गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ