२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धन इमानदार देखिएन: नेपाल

२०७९, १ असार बुधबार ०९:४२

असार १, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ। गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो।

मंगबारबाट सुरु भएको नेकपा एस पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले गठबन्धनमा समस्या रहेको उल्लेख गर्दै समीक्षात्मक प्रतिवेदन पेश गरेका छन्। अध्यक्ष नेपालले १३ पेज लामो चुनावी समीक्षात्मक प्रतिवेदन पेश गर्दै पार्टीभित्र र गठबन्धनभित्रका समस्या रहेको जनाएका हुन्।


उनले तयार पारेको प्रतिवेदमा एस पार्टीका उम्मेदवारहरूले प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ रहेको र त्यमध्ये आधा गठबन्धनको भए पनि पाँच लाख आफ्नै भएको दावी गरिएको छ। ‘यो मतमध्ये आधा गठबन्धनका अन्य दलहरूको र आधा मात्रै हाम्रो मान्ने हो भने पनि करिव पाँच लाख मत हामीले प्राप्त गरेका छौं,’ प्रतिवेदनमा छ। उनले निर्वाचनमा तीनथरी समस्या देखापरेको भन्दै पहिलो गठबन्धनभित्रका समस्या, दोस्रो आफ्नै पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या उठाएका छन्।

‘पहिलो, गठबन्धन गर्न नै नचाहने। दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने। तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने। चौथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने। पाँचौं, गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने। छैठौं, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु। सातौं, गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु’, नेपालको प्रतिवेदनमा भनिएको छ।

उनले माओवादी र कांग्रेस दुवैमा यस खालको प्रवृत्ति देखिएकाले समस्या उत्पन्न भएको बताएका छन्। बैठकमा सातवटै प्रदेशबाट वेग्लै समीक्षा प्रतिवेदन पेश गरिएको छ। बैठक बुधबार पनि बस्ने भएको छ। बुधबार झलनाथ खनालले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने पार्टीका महासचिव वेदुराम भुसालले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने