२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसपीपीमा एमालेले सुशील कोइरालालाई मुछेको भन्दै सांसद पन्थको आपत्ति

२०७९, ३ असार शुक्रबार ०७:२६

असार ३, काठमाडौं | सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन् ।


शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भएको बेला हुँदै नभएको सो प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मुछ्ने काम गरेको भन्दै खेद व्यक्त गरेका हुन् । कोइरालाजस्तो निष्ठावान नेतालाई सो प्रस्तावमा मुछेर एमालेले जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको उनको दाबी थियो । सांसद पन्थले सो प्रस्ताव केपी ओली नेतृत्वको सरकारले अघि बढाएको जिकीर गर्दै ‘आफैं धामी, आफैं झाँक्री’को जस्तो व्यवहार नगर्न पनि प्रमुख प्रतिपक्ष एमालेलाई चेतावनी दिए । उनले भने, ‘हाम्रा निष्ठावान नेता सुशील कोइरालालाई पनि त्यहाँ मुछ्ने काम भयो । जसको पालामा त्यो भएकै थिएन । त्यो एसपीपी भन्ने सम्झौंताको पत्राचार गर्ने कुरा सुशील कोइराला प्रधानमन्त्री भएको बेला भएकै थिएन । तर उहाँको नाम लिएर जनतालाई भ्रमित गर्ने कोसिसहरु भयो । म त्यसप्रति खेद प्रकट गर्न चाहन्छु । परराष्ट्र मामिलामा अव यो हामीले धेरैथरी प्रवृत्तिहरु हामीले देख्यौं । एउटा हतियार हुन्छ । उल्टोबाट पनि काटने, सुल्टोबाट पनि काट्ने । एउटै मान्छे धामी पनि हुन्छ, बोक्सी पनि हुन्छ भन्यौं । त्यो प्रवृत्ति पनि हामीले देख्यौं । कहिले टाउको चलाउने, कहिले पुच्छर चलाउने भन्ने पनि हामी कहाँ उखान छ । यी सबै कुराहरुलाई समेटने गरी हामी कहाँ त्यो खालको प्रवृत्तिहरु पनि देखियो । परराष्ट्र मामिलाका कुराहरुमा, कूटनीतिक मामिलामा हामीले धैर्यता राख्नुपर्ने त्यो पनि भएन । ती कुराहरुलाई हामीले ख्यालै नगरीकन अपराध आफैले गर्ने अनि अर्कोलाई चाँही पोल्ने के ? कूटनीतिक मर्यादा कायम राख्न हामी सबै लागौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै