१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौँ : नैनसिंह महर

४ असार २०७९, शनिबार १०:३०

असार ४, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर अमेरिकाको स्टेट पाटर्नर प्रोग्राम (एसपीपी)को सम्झौता रद्द गर्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ शंकरदेव क्यापसले आयोजना गरेको फुटसल प्रतियोगिताको  काठमाडौंको वालुवाटारमा उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपीपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनु पर्ने बताएका हुन् । उनले भने, ‘एसपीपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले भनिसक्नु भएको छ । सेनाले पनि एसपीपीमा सहभागी नहने भनिसक्यो । सबै राजनीति दलले पनि एसपीपी स्वीकार्न नहुने धारणा राखेका छन् ।’ 

महरले एसपीपी रद्द गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह पनि गरे । वैदेशिक मामिलाको विषयलाई राजनीतिक मुद्दा बनाएर गिजोल्न नहुने उनको भनाइ छ । उनले भने, ‘यो विषय दलहरूले एकले अर्कालाई राष्ट्रघाती करार गर्ने कुरा होइन । नेपाली सेनालाई समेत विवादमा तान्ने काम भएको छ । राज्यका सबै संरचनाप्रति नागरिक अविश्वस पैदा गराउन हुँदैन । यसले व्यवस्थामाथि नै खतरा ल्याउन सक्नेमा हामी सजक हुन जरुरी छ ।’

एसपीपी इन्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको थाहा भाएर पनि पूर्ववत् केपी ओली सरकारले खारेज नगरेर किन होल्ड गरेको भन्दै उनले प्रश्न पनि गरे । उनले भने, ‘अमेरिकाले एसपीपी सम्झौता सैन्य रणनीतिको अंग भनेपछि पनि ओली सरकारले सम्झौता किन होल्ड गर्यो ? त्यसका पछाडिको नियत के थियो ?  राष्ट्रवादको भ्रम छर्ने एमाले नेतृत्वलाई यो प्रश्नले लखेटि रहनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ