२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौँ : नैनसिंह महर

२०७९, ४ असार शनिबार १०:३०

असार ४, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर अमेरिकाको स्टेट पाटर्नर प्रोग्राम (एसपीपी)को सम्झौता रद्द गर्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ शंकरदेव क्यापसले आयोजना गरेको फुटसल प्रतियोगिताको  काठमाडौंको वालुवाटारमा उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपीपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनु पर्ने बताएका हुन् । उनले भने, ‘एसपीपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले भनिसक्नु भएको छ । सेनाले पनि एसपीपीमा सहभागी नहने भनिसक्यो । सबै राजनीति दलले पनि एसपीपी स्वीकार्न नहुने धारणा राखेका छन् ।’ 

महरले एसपीपी रद्द गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह पनि गरे । वैदेशिक मामिलाको विषयलाई राजनीतिक मुद्दा बनाएर गिजोल्न नहुने उनको भनाइ छ । उनले भने, ‘यो विषय दलहरूले एकले अर्कालाई राष्ट्रघाती करार गर्ने कुरा होइन । नेपाली सेनालाई समेत विवादमा तान्ने काम भएको छ । राज्यका सबै संरचनाप्रति नागरिक अविश्वस पैदा गराउन हुँदैन । यसले व्यवस्थामाथि नै खतरा ल्याउन सक्नेमा हामी सजक हुन जरुरी छ ।’

एसपीपी इन्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको थाहा भाएर पनि पूर्ववत् केपी ओली सरकारले खारेज नगरेर किन होल्ड गरेको भन्दै उनले प्रश्न पनि गरे । उनले भने, ‘अमेरिकाले एसपीपी सम्झौता सैन्य रणनीतिको अंग भनेपछि पनि ओली सरकारले सम्झौता किन होल्ड गर्यो ? त्यसका पछाडिको नियत के थियो ?  राष्ट्रवादको भ्रम छर्ने एमाले नेतृत्वलाई यो प्रश्नले लखेटि रहनेछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने