२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी

२०७९, ६ असार सोमबार ०३:०५

असार ६, पोखरा | नेपाली कांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेका छन् । केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् । 

उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको कास्कीकै एक नेताले बताए । ‘उहाँले पार्टी चलाउन सक्नुहुन्न । नयाँ मान्छे चाहिन्छ,’ ति नेताले भने, ‘अविश्वासको प्रस्ताव ल्याउने तयारी भैरहेको छ ।’

स्थानीय निर्वाचनको समीक्षा गर्न आयोजना गरिएको जिल्ला कार्यसमितिको बैठक समेत अधिकांश पदाधिकारी र सदस्यले बहिष्कार गरेका छन् । उपसभापति युवराज कुँवररले होटलमा राखिएको बैठकमा सहभागी नहुने बताए । ‘पार्टी अफिस छ । अहिलेसम्मका सबै चुनाव पार्टी अफिसबाट चल्यो, अहिले दिनदिनै होटलमा बैठक भयो,’ उनले भने, ‘यसरी पार्टी कमजोर हुन्छ नि । सभापतिज्यू जिम्मेवार हुनुभएन । धेरै साथीहरु बैठकमा आउनुभएन, आउनुभएकोले पनि हस्ताक्षर गर्नुभएको छैन ।’

पदाधिकारी र सदस्य उठेर हिँडेपछि बैठक ११ गतेका लागि स्थगित भएको छ । बैठकमा १८ जना अनुपस्थित थिए भने आएकाले समेत उपस्थिति जनाएनन् । पदाधिकारी र सदस्यले प्रश्न गरेपछि सभापतिले जवाफ दिँदै गर्दा धेरैजसो बैठकका सहभागी उठेर हिडेका बैठकका एक सदस्यले बताए । ‘होटलमा बैठक राखेको भनेर आलोचना भैरहेको थियो । त्यसमाथी स्थानीय निर्वाचनमा पोखरा महानगरको उपमेयर हारेको विषय पनि थपियो,’ ति नेताले भने, ‘केही हजार भोट भएको एकीकृत समाजवादीले चुनाव जित्ने, ६० हजार मत भएको कांग्रेसले कसरी हा¥यो ? यसको गम्भीर समीक्षा हुनुपर्दैन ? प्रश्न उठ्छ । प्रश्नबाट भाग्न मिल्दैन ।’

सभापति बरालले भने गणपुरक संख्या नपुगेका कारण बैठक स्थगित गरिएको बताए । ‘साथीहरू कामको व्यस्तताले आउन भ्याउनुभएन । सहमतिमै अर्को दिन बैठक बसौं भनेर उठेको हो,’ उनले भने, ‘बाहिर के प्रचार भयो थाहा छैन । बैठकका बेला कुनै नराम्रो कुरा चलेको थिएन ।’ बरालले अर्का उम्मेदवार सुदीपमोहन भट्टराईलाई पराजित गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने