१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षसँग प्रचण्डले भने- ‘तपाईंहरुले त ठोकिदिनु भएछ नि !’

६ असार २०७९, सोमबार १४:५१

असार ६, काठमाडौं | अनेरास्वियु क्रान्तिकारीको असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग संगठनमा देखिएको विवादबारे छलफल गरेको छ । 

सोमबार असन्तुष्ट पक्ष प्रचण्डसँगको भेटवार्ताका लागि उनको निवास पुगेको थियो । भेटमा प्रचण्डले विवाद नगरि अघि बढ्न आग्रह गरेका थिए । 

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा आइतबार कुटाकुट भएको थियो । आइतबार तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो ।

बैठकमा हो हल्ला र लफडा भएपछि कार्की लगायतलाई प्रहरीले बैठकबाट निकालेको थियो । उक्त समूह निस्किएपछि क्रान्तिकारीको बैठक सुचारु भएको थियो । तर समस्याकाबीच बैठक बसेको भन्दै कार्की समूह प्रचण्ड निवास पुगेको हो । 

विधानमा १९९ सदस्यीय कमिटीको व्यवस्था भए पनि अध्यक्ष पञ्चा सिंह पक्षले २९९ सदस्यीय र २५ जना पदाधिकारी हुनु पर्नेमा ४१ जनाको नाम पेस गरेका कारण समस्या भएको कार्की समूहले अध्यक्ष प्रचण्डसँग भनेको थियो । विधान अनुसार अघि बढौं भन्दा आफूहरुलाई रोक्न खोजिएको भन्दै उनीहरुले प्रचण्डसँग असन्तुष्टि पोखेका थिए । थप गर्नु पर्ने भए विधान परिषद् बोलाउनु पर्छ त्यसबाट अनुमोनद नगरी थप गरिए अवैध हुने उनीहरुको भनाइ थियो । 

जवाफमा प्रचण्डले विवाद समाधन गरेर अघि बढ्नु पर्ने बताएका थिए । आफूले विवादको खबर पाएपछि रोक्नू भनेर निर्देशन दिएको भन्दै प्रचण्डले प्रश्न गरे,' बैठक रोकिएन ?' प्रचण्डको भेटबारे जानकारी दिँदै कार्कीले अध्यक्षको निर्देशन विपरित बैठक भएको बताए । 

बैठक स्थलमा भएको झडपबारे पनि प्रचण्डले प्रश्न गरेका थिए । उनले आक्रमणमा उत्रिएको भन्दै असन्तुष्ट पक्षसँग भने, 'तपाईंहरुले त ठोकिदिनु भएछ नि !'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ