१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगले रविको स्वतन्त्र दल दर्ता गर्न अस्वीकार गर्नुपर्छ- सूर्य थापा

७ असार २०७९, मंगलवार १२:१७

असार ७, काठमाडौं | पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेको सन्दर्भमा सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउँदै थापाले स्वतन्त्र नामबाट दल दर्ता गर्न निर्वाचन आयोगले अस्वीकार गर्नुपर्ने बताएका हुन् ।


लामिछानेले मंगलवार राष्ट्रिय सभागृहमा विशेष सभा गर्दै राष्ट्रिय स्वतन्त्र दल गठनको घोषणा गरेका थिए । लामिछानेले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

'कानूनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो । व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर  स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो । स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन, सन्दर्भ – राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा,' थापाले फेसबूकमा लेखेका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा ओलीको प्रेस सल्लाहकार थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ