२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी

२०७९, ८ असार बुधबार ०७:०७

असार ८, काठमाडौँ | ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । 

अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ । 


लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन आग्रह गर्दै दिएको उजुरीमा उल्लेख छ, ‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।’ 

लामिछानेको पार्टीलाई स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको समर्थन–सहकार्य नरहेकोसमेत उजुरीमा उल्लेख छ । 

उजुरीको पूर्णपाठ
मा दिनेश कुमार थपलियाज्यु प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोग नेपाल कान्तिपथ,
काठमाडाैं । 
                                                           विषय : उजुरी दिईएको बारे
उपरोक्त विषयमा हिजो मिति २०७२ असार ७ गते विभिन्न संचार माध्यममा प्रकाशित तथा प्रसारित समाचार र निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार पूर्व पत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी दर्ताको लागि निवेदन दिएको भन्ने कुरामा ‘स्वतन्त्र उम्मेदवारी अभियान’को गम्भीर ध्यानाकर्षण हुनुका साथै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह÷संस्थालाई गम्भीर आघात पुगेको छ ।
संविधानमा कुनै पनि व्यक्ति, समूह र संस्थाहरू कुनै राजनैतिक पार्टीमा आबद्ध नरहेर स्वतन्त्र रहुन र निर्वाचनमा स्वतन्त्रकै रुपमा आफ्नो उम्मेदवारी दिन पाउने सार्वभौम अधिकारको व्यवस्था छ । कनै पनि व्यक्तिले राजनैतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ ।
स्थानीय तहको निर्वाचनको दौरान राजनैतिक पार्टी प्रतिको वितृष्णा तथा निर्वाचनको मतपरिणाम र स्वतन्त्रप्रतिको बढ्दो आकर्षणलाई आफ्नो मुठ्ठीमा कब्जा गर्ने दुषित मनसाय र कथित अवसरबादीलाई आम मतदाता, नागरिक समाज, मिडिया एवं सरोकारवालाहरूले चिन्नु अति आवश्यक छ । परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु । साथै, स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा समर्थन–सहकार्य नरहेकोसमेत जानकारी गराउँदछु।
                                                                                                                इम्बर शाहु
                                                                                                                  संयोजक
                                                                                                   स्वतन्त्र उम्मेदवारी अभियान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने