१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीका मन्त्रीले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित

१० असार २०७९, शुक्रबार ०५:५३

असार ७, काठमाडौं | नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित भएका छन् । पार्टीको सचिवालय र स्थायी समिति बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपनि मन्त्रीहरु सरकारमा टाँसी रहेको भन्दै नेताहरुले दुःख व्यक्त गरेका हुन् । 

एकीकृत समाजवादीले झाक्री र प्रेम आलेसहित​ ५ मन्त्री हटायो, अब को-को बन्ने  भए​ नयाँ मन्त्री ? – Nepal's Leading News Portal 

‘पार्टीले गत वैशाख २२ गतेको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गर्यो । मन्त्रीहरुले बजेटमाथिको मन्त्रालयगत रुपमा जवाफ दिनुपर्ने भएकोले तत्काल रोकियो ।  मन्त्रीहरुले मन्त्रालयगत रुपमा जवाफ दिइसक्नुभयो’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘तर, अहिलेसम्म मन्त्रीहरुले पार्टीको निर्णय मान्नुभएको छैन । उल्टै सरकारमा टाँसिरहनुभएको छ ।’ प्रधानमन्त्रीले नयाँ मन्त्रीको सपथ नखुवाए पनि मन्त्रीहरुले पार्टीको निर्णय मान्नुपर्नेमा उल्टै उल्लंघन गर्ने काम भएको भन्दै भुसालले आक्रोश व्यक्त गरे । मन्त्री पदलाई स्थायी जागिर जस्तै ठानिएको भन्दै एकीकृत समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् । 

पार्टीका मन्त्रीहरूमा पदलोलुपता देखिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पराजुली लेख्छन्– ‘म नै राज्य  हुँ भन्ने भनाई इतिहासमा फ्रान्सेली राजा लुई चौधौको सुनिन्थ्यो, तर  आजभोलि म नै मन्त्री ,मन्त्री नै म’  भन्ने भनाई पनि सुनिन थालियो ।  म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन ।’

कतिपय नेताहरुको सोच नै मन्त्री बन्ने र माफिया दलालको सेटिङमा काम गर्ने र पैसा कमाउने रहेको पराजुलीको भनाइ छ । रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उनी प्रश्न सोध्छन्– ‘हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केवल खोक्रोको आदर्श बाहेक के हुन सक्छ त कमरेड ?’ 

एकीकृत समाजवादीबाट मन्त्री भएका सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री किसान श्रेष्ठले सरकारबाट बाहिरिन सबैभन्दा बढी आनाकानी गरेको एक नेताले बताए । प्रेम आलेले आफू हटेपनि धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन्, सहरी मन्त्री झा र श्रममन्त्री श्रेष्ठले आफूहरु मन्त्रीबाट कुनै हालतमा राजीनामा नदिने अडान लिएका छन् ।

मन्त्रीहरुले नै पार्टीको निर्णय मान्न आनाकानी गरेकाले मन्त्री हेरफेर हुन नसकेको हो । बरु उल्टै एकीकृत समाजवादीका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री पद जोगाइदिन भन्दै गुहार माग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ