सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य संघले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य संघले"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मन्त्री दीपक गिरीलाई दाङको तुलसीपुरमा ५१ किलोको माला

२०७३, २३ भाद्र बिहीबार ०२:३९


सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य संघले ५१ किलोको मालाले सम्मान गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर ५ बाट सांसद समेत रहेका गिरीको सम्मान एवं स्वागतमा वाणिज्य संघले आफनै सभाहल तुलसीपुरमा बुधबार आयोजना गरेको कार्यक्रममा संघका पदाधिकारीहरूले उनलाई उक्त माला लगाई दिएका हुन् । 

नेपाल सरकारको सिचाई मन्त्रि भई पहिलो पटक गृह जिल्ला आउनु भएको मन्त्री गिरीलाई सम्पुर्ण ब्यवसायीहरुको तर्फबाट तुलसीपुर उद्योग बाणिज्य सघ एक कार्यक्रमको आयोजना गरि मालाले स्वागत एव सम्मान गरेको हो । सो अवसरमा बोल्दै मन्त्री गिरीले तुलसीपुर एअरपोर्ट सुचारु गर्न आफुले पहल थाल्ने बताउनु भएको छ । एअरपोर्ट सुचारु नहुदा दाङ वासीले समस्या भोग्नु परको भन्दै उहाँले भन्नु भयो, म पर्यटन मन्त्री संग कुरा गरेर चाडै एअरपोर्ट सुचारु गर्न तर्फ लाग्छु । त्यस्तै मन्त्री गिरीले तुलसीपुर–सुर्खेत सडक खण्डको केहि ठाउँमा कालो पत्रेको काम भै रहेको भन्दै बाकी स्थानमा समेत सडक कालो पत्रे गर्ने बताउनु भयो ।

मन्त्री गिरीले ब्यवसायीहरुको हितका लागी आफुले गर्ने सहयोग सदैव रहेने समेत बताउनु भयो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन महासचिव नेत्रलाल वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु