सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिचाई मन्त्री दिपक गिरिले दाङको सिचाईको बिकासका लागि उल्लेख्य काम गर्ने बताउनु भएको छ । बुधबार ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिचाई मन्त्री दिपक गिरिले दाङको सिचाईको बिकासका लागि उल्लेख्य काम गर्ने बताउनु भएको छ । बुधबार ने"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

सिचाईको बिकासका लागि उल्लेख्य काम गर्नेः सिचाई मन्त्री गिरी

२३ भाद्र २०७३, बिहीबार ०२:४३

सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिचाई मन्त्री दिपक गिरिले दाङको सिचाईको बिकासका लागि उल्लेख्य काम गर्ने बताउनु भएको छ । बुधबार नेपाल प्रेस युनियन दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्रि गिरिले दाङ कृषीको उर्भर भुमी भएकाले सिचाई उन्नतिकालागी लागि पर्ने बताउनु भयो । 

उहाँले जिल्लाका सयौ बिगाहा जमिन सिचाई सुविधा बाट वन्चित भै बाझै रहेको आफुले देखको भन्दै ति खेतहरुलाई सिन्चीत गर्नु आफनो पहिलो कार्यभार रहेको बताउनु भयो । समग्र दाङ जिल्लालाई कसरि सिचाई सुविधा उपलव्ध गराउन सकिन्छ , र यहाँको कृषिको बिकास गर्न सकिन्छ भन्नेमा आफु चिन्तन शिल रहेको भन्दै मन्त्रि गिरीले बिकासमा भने सवैको सहभागिता हुन आवश्यक रहेको बताउनु भयो । यस्तै एक अर्को प्रसंगमा मन्त्री गिरीले वर्तमान सरकारको प्रमुख लक्ष संविधान कार्यान्वयन भएको वताउनुभयो । सबै नेपालीहरुको अपनत्व हुने गरि संविधान शंशोधन गरेर संविधान कार्यान्वयन गर्ने तयारिमा वर्तमान सरकार रहेको उहाले वताउनु भयो । त्यसका लागी वर्तमान सरकारका प्रधानमन्त्री दाहाल अथक प्रयासका साथ लागि रहेको बताउनु भयो । मन्त्री गिरीले आफू नेपाली कांग्रेसको केन्द्रिय सदस्य भएपनि नेपाल सरकारको मन्त्री भएकाले आश्थाको आधारमा नभई नेपाली जनताका लागी काम गर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै सासंद डिल्लीबहादुर चौधरीले दाङले अब बाढी र पहीरो सहन नपर्ने बताउनु भयो । बाढी र पहीरो जाने स्थानमा तटबन्ध निमार्ण गरी यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । दाङले सीचाइमन्त्री पाउनु गौरव र अवसरको बिषय भएको भन्दै सांसद चौधरीले अफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । युनियनका अध्यक्ष सुशिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री गिरी, नेबिसंघका नव निर्वाचित केन्द्रिय सदस्य बिजय गौतम र अर्चना रेग्मी लाई स्वागत एव सम्मान गरीएको थीयो । कार्यक्रममा केन्द्रीय सदस्य अर्चना रेग्मीले समेत आफनो भनाई राख्नु भएको थियो । यूनीयनका सहसचिव बालाराम खडकाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण यूनियनका सचिव देबेन्द्र बस्नेतले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव