सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिचाई मन्त्री दिपक गिरिले दाङको सिचाईको बिकासका लागि उल्लेख्य काम गर्ने बताउनु भएको छ । बुधबार ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिचाई मन्त्री दिपक गिरिले दाङको सिचाईको बिकासका लागि उल्लेख्य काम गर्ने बताउनु भएको छ । बुधबार ने"/>
२०८२, १३ चैत्र शुक्रबार
दाङ्ग - DNG

सिचाईको बिकासका लागि उल्लेख्य काम गर्नेः सिचाई मन्त्री गिरी

२०७३, २३ भाद्र बिहीबार ०२:४३

सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । सिचाई मन्त्री दिपक गिरिले दाङको सिचाईको बिकासका लागि उल्लेख्य काम गर्ने बताउनु भएको छ । बुधबार नेपाल प्रेस युनियन दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्रि गिरिले दाङ कृषीको उर्भर भुमी भएकाले सिचाई उन्नतिकालागी लागि पर्ने बताउनु भयो । 

उहाँले जिल्लाका सयौ बिगाहा जमिन सिचाई सुविधा बाट वन्चित भै बाझै रहेको आफुले देखको भन्दै ति खेतहरुलाई सिन्चीत गर्नु आफनो पहिलो कार्यभार रहेको बताउनु भयो । समग्र दाङ जिल्लालाई कसरि सिचाई सुविधा उपलव्ध गराउन सकिन्छ , र यहाँको कृषिको बिकास गर्न सकिन्छ भन्नेमा आफु चिन्तन शिल रहेको भन्दै मन्त्रि गिरीले बिकासमा भने सवैको सहभागिता हुन आवश्यक रहेको बताउनु भयो । यस्तै एक अर्को प्रसंगमा मन्त्री गिरीले वर्तमान सरकारको प्रमुख लक्ष संविधान कार्यान्वयन भएको वताउनुभयो । सबै नेपालीहरुको अपनत्व हुने गरि संविधान शंशोधन गरेर संविधान कार्यान्वयन गर्ने तयारिमा वर्तमान सरकार रहेको उहाले वताउनु भयो । त्यसका लागी वर्तमान सरकारका प्रधानमन्त्री दाहाल अथक प्रयासका साथ लागि रहेको बताउनु भयो । मन्त्री गिरीले आफू नेपाली कांग्रेसको केन्द्रिय सदस्य भएपनि नेपाल सरकारको मन्त्री भएकाले आश्थाको आधारमा नभई नेपाली जनताका लागी काम गर्ने बताउनुभयो । 

कार्यक्रममा बोल्दै सासंद डिल्लीबहादुर चौधरीले दाङले अब बाढी र पहीरो सहन नपर्ने बताउनु भयो । बाढी र पहीरो जाने स्थानमा तटबन्ध निमार्ण गरी यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । दाङले सीचाइमन्त्री पाउनु गौरव र अवसरको बिषय भएको भन्दै सांसद चौधरीले अफुहरुले सक्दो सहयोग गर्ने बताउनुभयो । युनियनका अध्यक्ष सुशिल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री गिरी, नेबिसंघका नव निर्वाचित केन्द्रिय सदस्य बिजय गौतम र अर्चना रेग्मी लाई स्वागत एव सम्मान गरीएको थीयो । कार्यक्रममा केन्द्रीय सदस्य अर्चना रेग्मीले समेत आफनो भनाई राख्नु भएको थियो । यूनीयनका सहसचिव बालाराम खडकाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण यूनियनका सचिव देबेन्द्र बस्नेतले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु