नन्दराम जैशी/भदौ २५, जुम्ला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाइ ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार देशबासीको नाममा सम्बोधन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ २५, जुम्ला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाइ ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार देशबासीको नाममा सम्बोधन गर"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

प्रधानमन्त्रीलाई चामल र ध्यानाकर्षण पत्र

२५ भाद्र २०७३, शनिबार ०३:०६

नन्दराम जैशी/भदौ २५, जुम्ला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाइ ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार देशबासीको नाममा सम्बोधन गर्दे कर्णालीवासीलाई जन्मदा र मृत्यु हुँदा २० के.जी चामल अनुदान दिने निर्णय प्रति अनेरास्ववियु जिल्ला कमिटी जुम्लाले घोर आपत्ती जनाएको हो । 

अनेरास्ववियु जुम्लाले प्रधानमन्त्रीलाइ चामल समेत फिर्ता पठाएका छन् । कर्णालीवासीको स्वाभिमान माथि आँच आउने खालका गतिविधि नगर्न र नबोल्न समेत सरकारलाई चेतावनी दिदै उक्त भनाई फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ पठाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

कर्णालीमा विकासका श्रोत, साधन, जल, जंगल जमिन, जडिबुटी र जनशक्तिको सही रुपमा प्रयोग गरी समृद्ध कर्णाली बनाउनको लागी शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीमा ध्यान दिनु पर्ने बेला कर्णालीवासीलाई जन्मदा र मृत्यु हुँदा २० के.जी चामल अनुदान दिने निर्णय कर्णालीबासिका लागि घातक भएको अनेरास्ववियु जुम्लाका अध्यक्ष लोकेन्द्रराज गिरीद्धारा हस्ताक्षेरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।   

अन्यथा कर्णालीवासीको स्वाभिमानको दाग लाग्ने जस्ता कुराको विरोधमा अनेरास्ववियु जिल्ला कमिटि जुम्ला जस्तो सुकै आन्दोलन गर्न तयार रहेको समेत अध्यक्ष लोकेन्द्रराज गिरीले बताउनु भयो । 

अनेरास्ववियु जिल्ला कमिटि जुम्लाले स्थापना काल देखि राष्ट्रियता, जनजिविका र शैक्षिक आन्दोलनका साथै जनताको हितका लागी वकालत गर्दै आएको उहाको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ