नन्दराम जैशी/भदौ २५, जुम्ला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाइ ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार देशबासीको नाममा सम्बोधन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ २५, जुम्ला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाइ ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार देशबासीको नाममा सम्बोधन गर"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

प्रधानमन्त्रीलाई चामल र ध्यानाकर्षण पत्र

२०७३, २५ भाद्र शनिबार ०३:०६

नन्दराम जैशी/भदौ २५, जुम्ला । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लालाइ ध्यानाकर्षण गराएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार देशबासीको नाममा सम्बोधन गर्दे कर्णालीवासीलाई जन्मदा र मृत्यु हुँदा २० के.जी चामल अनुदान दिने निर्णय प्रति अनेरास्ववियु जिल्ला कमिटी जुम्लाले घोर आपत्ती जनाएको हो । 

अनेरास्ववियु जुम्लाले प्रधानमन्त्रीलाइ चामल समेत फिर्ता पठाएका छन् । कर्णालीवासीको स्वाभिमान माथि आँच आउने खालका गतिविधि नगर्न र नबोल्न समेत सरकारलाई चेतावनी दिदै उक्त भनाई फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ पठाइएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

कर्णालीमा विकासका श्रोत, साधन, जल, जंगल जमिन, जडिबुटी र जनशक्तिको सही रुपमा प्रयोग गरी समृद्ध कर्णाली बनाउनको लागी शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीमा ध्यान दिनु पर्ने बेला कर्णालीवासीलाई जन्मदा र मृत्यु हुँदा २० के.जी चामल अनुदान दिने निर्णय कर्णालीबासिका लागि घातक भएको अनेरास्ववियु जुम्लाका अध्यक्ष लोकेन्द्रराज गिरीद्धारा हस्ताक्षेरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।   

अन्यथा कर्णालीवासीको स्वाभिमानको दाग लाग्ने जस्ता कुराको विरोधमा अनेरास्ववियु जिल्ला कमिटि जुम्ला जस्तो सुकै आन्दोलन गर्न तयार रहेको समेत अध्यक्ष लोकेन्द्रराज गिरीले बताउनु भयो । 

अनेरास्ववियु जिल्ला कमिटि जुम्लाले स्थापना काल देखि राष्ट्रियता, जनजिविका र शैक्षिक आन्दोलनका साथै जनताको हितका लागी वकालत गर्दै आएको उहाको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु