कमल पौडेल | भदौ २५, बागलुङ (खर्वाङ) | मध्य पहाडि लोकमार्गको खर्वाङ खण्डमा सनिवार दिउसो २ घण्टा चक्काजाम हुँदा जनजिवन प्रभावित भएको छ । 

स्थानिय निकाय पुर्नसंरचना आयोग लाई जिल्ला प्राविधिक सुझाव समिति बागलुङले वुझाएको प्रतिवेदन मा ऐतिहासिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल पौडेल | भदौ २५, बागलुङ (खर्वाङ) | मध्य पहाडि लोकमार्गको खर्वाङ खण्डमा सनिवार दिउसो २ घण्टा चक्काजाम हुँदा जनजिवन प्रभावित भएको छ । 

स्थानिय निकाय पुर्नसंरचना आयोग लाई जिल्ला प्राविधिक सुझाव समिति बागलुङले वुझाएको प्रतिवेदन मा ऐतिहासिक "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा आज आइतवार आम हड्तालको घोषणा

२५ भाद्र २०७३, शनिबार १८:२२

कमल पौडेल | भदौ २५, बागलुङ (खर्वाङ) | मध्य पहाडि लोकमार्गको खर्वाङ खण्डमा सनिवार दिउसो २ घण्टा चक्काजाम हुँदा जनजिवन प्रभावित भएको छ । 

स्थानिय निकाय पुर्नसंरचना आयोग लाई जिल्ला प्राविधिक सुझाव समिति बागलुङले वुझाएको प्रतिवेदन मा ऐतिहासिक तथा साँस्कृतिक रुपमा एक रहेका गाविस टुक्र्याइएको र स्वार्थ अनुकुल केन्द्र कायम गरिएको भन्दै आन्दोलन गरेका स्थानियले दिउसो १२ वजे देखि २ वजे सम्म चक्काजाम गरेका हुन् । जिल्लाका पाण्डवखानी, रिघा, शिसाखानी र दगातुन्डाडा गाविस एउटै गाउँपालिकामा हुनु पर्ने भन्दै सर्वदलिय तथा सर्वपक्षिय वैठक गरि शुक्रवार देखि आन्दोलन सुरु गरेका थिए । 

त्यस्तै आज वसेको संघर्ष समितिको वैठकले भोली आइतवार प्रभावित चार वटै गाविसमा पूर्ण हड्ताल गर्ने निर्णय गरेको छ । संघर्ष समितिका अनुसार भोली विहान ७ वजे देखि साँझ ५ वजे सम्म कुनै पनि यातायातका साधन चल्न नदिने, विद्यालय, सरकारी कार्यालय, वजार, सवै वन्द गर्ने निर्णय गरेको हो । तर एम्वुलेन्स, प्रेस लगाएतका साधनलाई भने कुनै अवरोध नगरिने संघर्ष उपसमितिका सहसंयोजक विना थापाले जानकारी दिनुभएको छ। गत श्रावण १९ गते खर्वाङमा भएको आठ गाविसको भेलामा पाँच गाविसले खर्वाङ केन्द्र वनाउने, एक गाविसले जलजला वनाउने र दुई गाविस ले ग्वालीचौर केन्द्र वनाउनु पर्ने माग गरेका थिए । तर जिल्ला प्राविधिक समितिले त्यसो नगरेको गाविसको चाहना विपरित रिघा र पाण्डवखानीलाई गल्कोट नगरपालिकामा मिसाएको संघर्ष समितिले वताएको छ। भौगोलिक, साँस्कृतिक, तथा ऐतिहासिक रुपमा एउटै कलष्टरमा रहेका गाविस टुक्रियपछि आन्दोलन गर्नुपरेको र समयमै माग पुरा नगरिय आन्दोलन थप चर्काउँदै २७ गते वाट अनिश्चितकालिन आम हड्ताल समेत हुन सक्ने संघर्ष समितिले जनाएको छ । 

यसैविच चार गाविसका प्रतिनिधिहरुको वैठक सदरमुकाम बागलुङमा सम्पन्न भएको छ। वैठकले आइतवार जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय तथा राजनैतिक दलका कार्यालयमा ज्ञापन पत्र वुझाउने र घेराउ समेत गर्ने जनाएको छ। यसै सन्दर्भमा नेपाली काग्रेस बागलुङका अध्यक्ष दिपेन्द्र वहादुर थापाले रिघा, पाण्डवखानी, शिसाखानी र दगातुन्डाडा गाविसलाई खर्वाङ केन्द्र वनाई लैजानुपर्ने वताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष श्रीप्रसाद शर्माले भाद्र १६ गतेको वैठकमा केहि कमजोरी भएकोले २६ गतेको वैठकमा सच्याईने वताउनु भएको छ। त्यस्तै बागलुङ क्षेत्र नं. ३ का सांसद ज्ञानकुमारी छन्त्यालले जनताको चाहना अनुरुप केन्द्र हुनु पर्ने र ति चार गाविसको चाहनालाई कसैले पनि नकार्न नसक्ने वताउनु भएको छ। छन्त्यालले आफु त्यस क्षेत्रको जनप्रतिनिधि भएपनि पूर्नसंरचनाको विषयमा आफु संग कुनै छलफल नगरिएको वताउनु भएको छ।      

खर्वाङमा हाल पाण्डवखानी, रिघा, शिसाखानी, जलजला, दगातुन्डाडा, रणसिंह किटेनी, ग्वालीचौ र भिमगिठे हेर्ने गरि कृषि सेवा केन्द्र तथा इलाका वन कार्यालय, इलाका हुलाक कार्यालय रहेका छन् भने पशुसेवा केन्द्र, प्रहरी चौकी लगाएतका सेवा केन्द्रको रुपमा पनि खर्वाङलाई विकाश गरिएको छ । त्यस्तै जिल्ला विकास समिति बागलुङ मातहतको झण्डै ५० करोड वढिको भौतिक संरचनापनि खर्वाङमा रहेको छ भने विभिन्न संरचना निर्माणको लागी सार्वजनिक जग्गा समेत रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ