गिरी प्रसाद भुसाल/भदौ २७, गुल्मी । प्रेस सेन्टर नेपाल गुल्मीको प्रथम जिल्ला सम्मेलनले पत्रकार प्रेम सुनारलाई जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
सो संगठनका केन्द्रिय आयोजक समिति सदस्य समेत रहेका सुनार पहिला पनि त्यस संगठनका जिल्ला अध्यक्ष रहेका थिए । सुनारको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ ।
उपाध्यक्षमा गणेश सारु, सचिवमा तिलाचन पाण्डे, सह–सचिमा सुवास महत, कोषाध्यक्षमा कोषाध्यक्ष राजन केसी, सह कोषाध्यक्ष ईन्द्रा पटेल चयन गरेको छ । त्यस्तै कार्य समिति सदस्यहरुमा रामकृष्ण कँडेल, राजन केसीलाई भरत चन्द, हुमकान्त पोखरेल र दिपक नेपाली लगायत रहेका छन् ।
सो संगठनका केन्द्रिय सदस्य तिलक महतको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक बिरबहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा अन्य नेतागणले पनि शुभकामना मन्तब्य राखेका थिए ।
यसै विच प्रेस सेन्टर रुपन्दीको जिल्ला सम्मेलन पनि आज सम्पन्न भएको खवर प्राप्त भएको छ । सम्मेलनले पत्रकार भुवन कार्कीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समित गठन भएको वुटवलबाट पत्रकार तिलक महतले जानकारी दिए । त्यहाँको सम्मेलनमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य माधव शर्माको प्रमुख आतिथ्यता रहेको उनले बताएका छन् ।