गणेश सिर्पाली/भदौ २७, रुकुम । रुकुम, रोल्पा र बागलुङका मगर समुदायले खाम भाषिक स्वायत्त क्षेत्रका लागी संघर्ष गर्ने भएका छन् । रुकुमका ११, रोल्पाका १६ र बागलुङका १० गाविसका मगरहरुले छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै संघर्ष गर्ने निर्णय गरेका हुन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/भदौ २७, रुकुम । रुकुम, रोल्पा र बागलुङका मगर समुदायले खाम भाषिक स्वायत्त क्षेत्रका लागी संघर्ष गर्ने भएका छन् । रुकुमका ११, रोल्पाका १६ र बागलुङका १० गाविसका मगरहरुले छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै संघर्ष गर्ने निर्णय गरेका हुन् । "/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुम, रोल्पा र बागलुङका ३७ गाविसलाई मगर स्वायत्त क्षेत्र बनाउन माग

२०७३, २७ भाद्र सोमबार १२:३७

गणेश सिर्पाली/भदौ २७, रुकुम । रुकुम, रोल्पा र बागलुङका मगर समुदायले खाम भाषिक स्वायत्त क्षेत्रका लागी संघर्ष गर्ने भएका छन् । रुकुमका ११, रोल्पाका १६ र बागलुङका १० गाविसका मगरहरुले छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै संघर्ष गर्ने निर्णय गरेका हुन् । 

जसका लागी रुकुम तकसेराका तेजेन्द्र खाम मगरको संयोजकत्वमा ५६ सदस्यीय खाम भाषिक स्वायत्त निर्वाचन क्षेत्र माग सरोकार समिति गठन गरिएको छ । जसको सह संयोजकमा रोल्पाबाट ऋषिकेशव बुढामगर र बागलुङबाट हरिबहादुर घर्ती रहेका छन् । 

सरोकार समितिले स्वायत्त क्षेत्रका माग गर्दै असोज २ गते भित्र सम्वन्धीत जिल्लामा ज्ञापन पत्र बुझाउँने र ८ गतेभित्र काठमाडौंमा गएर अन्तक्रिया, पत्रकार सम्मेलन गर्ने र विभिन्न सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।  

रुकुम काक्रिको लुकुममा भएको ३ जिल्लाका राजनितिक दल, जनजाती अगुवा, अधिकारकर्मी लगाएतको भेलाले भाषिक तथा साँस्कृतिक रुपमा समानता भएका ३ जिल्लाका ३७ ओटा गाविसलाई मिलाएर स्वायत्त क्षेत्रको माग गर्न सशक्त रुपमा लाग्ने निष्कर्ष निकालेको हो । 

गमन वहादुर बुढामगरको अध्यक्षतामा भएको भेलामा रुकुम, रोल्पा र बागलुङका १ सय ५० बढीको उपस्थिति रहेको थियो । भेलाको संचालन नविन्द्र पुन मगरले गरेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु