गणेश सिर्पाली/भदौ २७, रुकुम । रुकुम, रोल्पा र बागलुङका मगर समुदायले खाम भाषिक स्वायत्त क्षेत्रका लागी संघर्ष गर्ने भएका छन् । रुकुमका ११, रोल्पाका १६ र बागलुङका १० गाविसका मगरहरुले छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै संघर्ष गर्ने निर्णय गरेका हुन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/भदौ २७, रुकुम । रुकुम, रोल्पा र बागलुङका मगर समुदायले खाम भाषिक स्वायत्त क्षेत्रका लागी संघर्ष गर्ने भएका छन् । रुकुमका ११, रोल्पाका १६ र बागलुङका १० गाविसका मगरहरुले छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै संघर्ष गर्ने निर्णय गरेका हुन् । "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुम, रोल्पा र बागलुङका ३७ गाविसलाई मगर स्वायत्त क्षेत्र बनाउन माग

२७ भाद्र २०७३, सोमबार १२:३७

गणेश सिर्पाली/भदौ २७, रुकुम । रुकुम, रोल्पा र बागलुङका मगर समुदायले खाम भाषिक स्वायत्त क्षेत्रका लागी संघर्ष गर्ने भएका छन् । रुकुमका ११, रोल्पाका १६ र बागलुङका १० गाविसका मगरहरुले छुट्टै स्वायत्त क्षेत्रको माग गर्दै संघर्ष गर्ने निर्णय गरेका हुन् । 

जसका लागी रुकुम तकसेराका तेजेन्द्र खाम मगरको संयोजकत्वमा ५६ सदस्यीय खाम भाषिक स्वायत्त निर्वाचन क्षेत्र माग सरोकार समिति गठन गरिएको छ । जसको सह संयोजकमा रोल्पाबाट ऋषिकेशव बुढामगर र बागलुङबाट हरिबहादुर घर्ती रहेका छन् । 

सरोकार समितिले स्वायत्त क्षेत्रका माग गर्दै असोज २ गते भित्र सम्वन्धीत जिल्लामा ज्ञापन पत्र बुझाउँने र ८ गतेभित्र काठमाडौंमा गएर अन्तक्रिया, पत्रकार सम्मेलन गर्ने र विभिन्न सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।  

रुकुम काक्रिको लुकुममा भएको ३ जिल्लाका राजनितिक दल, जनजाती अगुवा, अधिकारकर्मी लगाएतको भेलाले भाषिक तथा साँस्कृतिक रुपमा समानता भएका ३ जिल्लाका ३७ ओटा गाविसलाई मिलाएर स्वायत्त क्षेत्रको माग गर्न सशक्त रुपमा लाग्ने निष्कर्ष निकालेको हो । 

गमन वहादुर बुढामगरको अध्यक्षतामा भएको भेलामा रुकुम, रोल्पा र बागलुङका १ सय ५० बढीको उपस्थिति रहेको थियो । भेलाको संचालन नविन्द्र पुन मगरले गरेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ