भदौ २७, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २७, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । <"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाको विकासका लागि सक्दो सहयोग गर्छुः उपराष्ट्रपति पुन

२०७३, २७ भाद्र सोमबार १३:१८

भदौ २७, काठमाडौँ  । उपराष्ट्रपति नन्दबहादुर पुनले रोल्पाको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । 

जिल्लाको विकास निर्माणका लागि पहल गर्न आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग आज उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भएको भेटका अवसरमा उनले जिल्लाको सम्पूर्ण विकास निर्माणमा आफ्नो साथ हुने र आफ्नो ठाउँबाट पहल गर्ने बताए । 

रोल्पा विकासमा पछि परेको भए पनि पछिल्लो चरणमा विकास निर्माणको काम अगाडि बढिरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले भने, “हामीले सोचेको जस्तो विकास हुन नसकेको सत्य हो, तर केही पनि नभएको पनि होइन, केही न केही विकास त भइनै रहेको छ । त्यसलाई थप गति दिन आवश्यक छ ।” 

उनले विकासका लागि भइरहेको प्रयासलाई सकारात्मक रुपमा लिँदै सबै राजनीतिक दल, सङ्घ संस्था एवम् जिल्लास्थित सरकारी कार्यालयको सकारात्मक पहलको आवश्यकता रहेको बताए । 

उपराष्ट्रपति पुनले विनियोजन भएको बजेट पनि खर्च हुन नसकेकामा चिन्ता व्यक्त गर्दैभने, “जिल्लामा प्रत्येक वर्ष बजेट फ्रिज भइरहेको छ । जिल्लामा पुगेको सबै बजेट खर्च हुनुप¥यो, त्यसका लागि साझा प्रयास गर्नुस्, मेरो तर्फबाट पूर्ण सहयोग र पहल हुन्छ ।” 

प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, रक्षा मन्त्री बालकृष्ण खाँडलगायतसँग भेटवार्ता गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु