भदौ २८, चितवन । चितवन जिल्ला अदालतले न्याय सम्पादन चुस्त र दुरुस्त पार्न ११ बुँदै प्रतिबद्धता सार्वजनिक गरेको छ । 

अदालतका न्यायाधीश टेकनारायण कुँवरले चोरी, ठगी, लागु औषध, मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिमा मुद्दालाई प्राथमिकतामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, चितवन । चितवन जिल्ला अदालतले न्याय सम्पादन चुस्त र दुरुस्त पार्न ११ बुँदै प्रतिबद्धता सार्वजनिक गरेको छ । 

अदालतका न्यायाधीश टेकनारायण कुँवरले चोरी, ठगी, लागु औषध, मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिमा मुद्दालाई प्राथमिकतामा "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

न्याय सम्पादन चुस्त पार्न अदालतको ११ बुँदे प्रतिबद्धता

२८ भाद्र २०७३, मंगलवार ०८:१२

भदौ २८, चितवन । चितवन जिल्ला अदालतले न्याय सम्पादन चुस्त र दुरुस्त पार्न ११ बुँदै प्रतिबद्धता सार्वजनिक गरेको छ । 

अदालतका न्यायाधीश टेकनारायण कुँवरले चोरी, ठगी, लागु औषध, मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिमा मुद्दालाई प्राथमिकतामा राखेर ११ बुँदे प्रतिबद्धता सार्वजनिक गरी न्याय सम्पादनको काम अघि बढाइएको जानकारी दिनुभयो । 

‘गम्भीर प्रकृतिका मुद्दा रोकिँदैनन्, नटुङ्गिदासम्म निरन्तर बहस जारी राखिने छ भन्दै उहाँले सरल र सहज न्यायका लागि हामीले प्रतिबद्धता सार्वजनिक गरेका हौं ।’ 

कतिपय मुद्दा आएपछि पूर्व सुनुवाई गरेर सकेसम्म मिलाउने प्रयत्नमा अदालत लागेको जानकारी दिँदै न्यायाधीश कुँवरले पारिवारिक मुद्दा १५ दिनमै मिलापत्र भएका छन् भन्नुभयो । 

दायर भएका मुद्दा एक वर्षभित्र टुङ्ग्याउने, गम्भीर प्रकृतिका मुद्दा नरोक्ने, मेलमिलापलाई जोड दिने, महिला बालबालिका वृद्धवृद्धालाई छुट्टै सेवा दिने, सामान्य प्रकृतिका मुद्दा सकेसम्म मिलापत्र गराउने, फैसला कार्यान्वयनमा जोड दिने, मुस्कानसहितको सेवा दिने, समुदायमा अदालत छ भनेर नागरिक सुनुवाइ कार्यक्रम चलाइने, सरोकारवालासँग संवाद गर्नेजस्ता विषय प्रतिबद्धतापत्रमा उल्लेख भएको अदालतले जनाएको छ । 

उक्त अदालतमा अहिले छ न्यायाधीशले न्याय सम्पादन गर्दे आएका छन् ।  गएको वर्ष सो अदालतले तीन हजार ३०० मुद्दा फछ्र्योट गरेको र फछ्र्योट हुन बाँकीमध्ये दुई वर्ष नाघेका एउटा मात्रै मुद्दा छ । त्यस्तै १८ महिना नाघेका १४ र एकवर्ष नाघेका एकसय १६ वटा मुद्दा फछर्योट हुन बाँकी रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ