२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

‘नेपालको पहिचान र एकताको आधार सनातन हिन्दुत्व’ – थापा

२०७३, २८ भाद्र मंगलवार १६:०४

सन्तोषकुमार गुप्ता | भदौ २८, देउखुरी | राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचान र एकताको अधार हिन्दुत्व भएको बताएका छन् । विभिन्न जातजाति, भाषाभाषी र धर्म भएको मुलुकलाई फुलको माला गाँसे जस्तै गरी एकताको सुत्रमामा बाँध्ने काम हिन्दु धर्मले मात्र गरेको बताए ।

राप्रपा नेपाल दाङ क्षेत्र नं. १ ले आज लमहीमा आयोजना गरेको हिन्दु जनजागरण वृहत जनसभालाई सम्वोधन गर्दै थापाले नेपालमा धर्म परिवर्तन ठुलो डर लाग्दो रोगको रुपमा फैलिन थालेको भन्दै धर्म परिवर्तन गराउन गाउँ छिर्न खोज्ने जो कोहीलाई पनि गाउँ प्रवेशमा रोक लगाउन अपील गरेका छन् । उनले हिन्दु धर्मलाई बलियो बनाउन हिन्दु धर्म भित्र रहेका गलत संस्कृति र परम्पराको अन्त्य गर्नु पर्ने बताए । जब सम्म हिन्दु धर्म भित्र भएका जातिय छुवाछुत, विभेद, अशिक्षा र बालबिबाह जस्ता गलत सस्कारको अन्त्य गदैनौँ तब सम्म हाम्रो सनातन हिन्दु धर्म बलियो हुन नसक्ने बताए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका थापाले मन्दिरमा गएर पुजा गर्ने मात्र हिन्दु धर्म नभई मुलुकको राष्ट्रिय एकता र समृद्धको एउटा महत्वपूर्ण धराताल हिन्दु धर्म भएको बताए । उनले विश्वमा नेपालको पहिचान भेषभुषा, चालचलन, परम्परा, संस्कार हिन्दुत्व भएकोले अहिले हाम्रो मुलुक एकता, पहिचान र धर्म संकटमा परेको बताउँदै हिन्दु धर्म पुर्नस्थापनाका लागि सबै हिन्दु धर्म प्रेमी उठ्नु पर्ने बताए । उनले देशलाई आर्थिक, समाजिक र सांस्कृति रुपमा बलियो सनातन हिन्दु धर्मले नै बनाएको जिकिर गदै नेपाललाई हिन्दु राष्ट्र बनाउने हिन्दुत्वको धरातालमा समृद्ध राष्ट्र बनाउने अभियानमा लागेकोले सबैलाई सहयोग गर्न अपिल समेत गरे । हिन्दुत्व जागरण अभियानलाई हल्का रुपमा नलिन चेतावनी दिंदै अध्यक्ष थापाले राष्ट्रिय एकता संग जोडिएको हिन्दु धर्मलाई बचाउन अभियानलाई देशव्यापी शसक्त बनाउने समेत बताए ।


एक आर्को प्रस्रङ्गमा बोल्दै अध्यक्ष थापाले मधेसको समस्या नेपालको आन्तरिक समस्या भएको र वाह्य हस्तक्षेप स्विकार्य नहुने वताए । मधेसको समस्या सहमतिको आधारमा समाधान गर्न सकिने वताउँदै थापाले मधेसको केही समस्या यस अघिको सरकारले सम्वोधन गरीसकेको ले अब संविधान कार्यान्वय गर्न तर्फ लाग्नु पर्ने बताए । उनले यस अघि केपी वली नेतृत्वको सरकारमा रहँदा नेपाललाई भारतले लगाएको नाकावन्दीको समस्या समाधान गर्न आफु ६ महिनाको वीचमा ५ पटक सम्म भारत गएको अनुभव सुनाउँदै ९ महिने समयमा पनि ठुलो उपलब्धीमुलक कार्य गरेको दाबी गरे । स्थानीय निकायलाई वलियो वनाउन अनुदानमा पठाउने बजेट र सामाजिक सुरक्षा भत्तामा गरिएको  दोब्बर वृद्धि लगायतका कार्य उदाहरणीय भएको बताए ।

राप्रपा नेपाल क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती विनोद केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा नेपालका केन्द्रिय स्तरका नेताहरुले आमसभालाई सम्वोधन गरेका थिए । कार्यक्रममा महामन्त्रि राजेन्द्र लिङ्देल, धवलसमशेर राणा, केन्द्रिय सदस्य शुशिल श्रेष्ठ, चार नम्वर प्रदेशका संयोजक हेमजंग गुरुङ्ग, केन्द्रिय सदस्य रमानन्द न्यौपाने, भक्ति सिटौला, लिलाधर चौधरी, जिल्ला सभापती क्षेत्रबहादुर वस्नेत, वर्दिया जिल्ला सभापती गिता वस्नेत लगायतकाले सम्वोधन गरेका थिए । क्षेत्रिय उपाध्यक्ष महेश विसीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सदस्य उमाकान्त भण्डारी र राप्रपा नेपालकी क्षेत्रिय सदस्य हेमा थारुले गरेकी थिईन । यसैबीच राप्रपा नेपालले हिन्दु जनजागरण आमसभा लगत्तै लमहीमा भदौ २९ र ३० गते पाँच नम्वर प्रदेश स्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा लगायतका नेताहरुले पाँच नम्वर प्रदेशका जिल्लाका सभापती र नेताहरुलाई प्रशिक्षण गर्ने कार्यक्रम जिल्ला सभापति क्षेत्रबहादुर वस्नेतले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि