असोज २५, सर्लाही | सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २५, सर्लाही | सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायल"/>
१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाही-४ : गठबन्धनको सहमतिविना माओवादीको स्वतन्त्र उम्मेदवार, फिर्ता लिन दबाब

२५ आश्विन २०७९, मंगलवार ११:३२

असोज २५, सर्लाही | सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ । गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो । जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गरे । 

तर, गठबन्धनको साझा उम्मेदवारले मनोनयन दर्ता गरे पनि माओवादीका शिवपुजन राय यादवले आफ्नी छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाएका छन् । 
जसले गठबन्धन आवद्ध दलमा आशंका उत्पन्न गराएको छ । गठबन्धनको साझा उम्मेदवार रायलाई सघाउने गरी मधुमालाको उम्मेदवारी फिर्ता नभए माओवादीको उम्मेदवारलाई कांग्रेसका नेता कार्यकर्ताले भोट नदिने गरी मधेश प्रदेशमा तयारी थालिएको एक नेताले जानकारी दिए । 
सत्ता गठबन्धनका तर्फबाट सर्लाही–४ मा कांग्रेसका नागेन्द्रकुमार रायको उम्मेदवारी दर्ता भएको छ भने ४ ‘क’ मा कांग्रेसकै वीरेन्द्र सिंह र ४ ‘ख’ मा माओवादीका फकिरा महतोले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।
तर, गठबन्धनका साझा उम्मेदवारको ‘बागी’को रुपमा शिवपुजनले छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको सर्लाहीका कांग्रेस नेता कार्यकर्ताको बुझाइ छ । 
शिवपुजनकी श्रीमती मीना मधेसी महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार छिन् । उनी कलस्टरको पहिलो नम्बरमा छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ