भदौ २९, खोटाङ । राजनीतिक दलबीच सहमति नजुटेपछि खोटाङमा स्थानीय तहको तीन किसिमको खाका तयार पारिएको छ । लामो समयसम्म राजनीतिक दलले गरेको छलफल र प्रयास असफल भएपछि स्थानीय तहको प्रस्तावित सङ्ख्या १३, १० र ९ को फरक–फरक खाका तयार पारिएको हो । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, खोटाङ । राजनीतिक दलबीच सहमति नजुटेपछि खोटाङमा स्थानीय तहको तीन किसिमको खाका तयार पारिएको छ । लामो समयसम्म राजनीतिक दलले गरेको छलफल र प्रयास असफल भएपछि स्थानीय तहको प्रस्तावित सङ्ख्या १३, १० र ९ को फरक–फरक खाका तयार पारिएको हो । 
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङबाट तीन किसिमको खाका प्रस्ताव

२०७३, २९ भाद्र बुधबार ०५:३३

भदौ २९, खोटाङ । राजनीतिक दलबीच सहमति नजुटेपछि खोटाङमा स्थानीय तहको तीन किसिमको खाका तयार पारिएको छ । लामो समयसम्म राजनीतिक दलले गरेको छलफल र प्रयास असफल भएपछि स्थानीय तहको प्रस्तावित सङ्ख्या १३, १० र ९ को फरक–फरक खाका तयार पारिएको हो । 

जिल्लामा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले नौवटा निर्धारण गरेपनि सहमति नजुटेपछि तीनवटा छुट्टाछुट्टै खाका तयार गरिएको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । तीनवटै खाकाको नामाङ्कन, सीमाङ्कन र केन्द्र टुङ्गो लगाएर आयोगमा सिफारिस गरिएको पाण्डेले जानकारी दिनुभयो । 

जिल्लामा स्थानीय तहको सङ्ख्या १० वा १३ वटा बनाउन अधिकांश दलको सहमति भएपनि नौवटा बनाइनुपर्ने पक्षमा नेकपा (एमाले) उभिएको छ । एमालेकै हठका कारण तीनवटा खाका तयार गरेर आयोगमा सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पृथ्वी किरातीले बताउनुभयो । 

स्थानीय तहको सङ्ख्या नौवटा बनाउने प्रस्तावअनुसार दुर्छिम केन्द्र रहनेगरी हलेसी–तुवाचुङ नगरपालिका, महुरे नुनथला केन्द्र रहनेगरी महुरेगढी नगरपालिका, ऐँसेलुखर्क केन्द्र रहनेगरी रावाथुम गाउँपालिका, बाक्सिला केन्द्र रहनेगरी केपिलासगढी गाउँपालिका, दिक्तेल केन्द्र रहनेगरी दिक्तेल नगरपालिका, मात्तिम मानेभञ्ज्याङ केन्द्र रहनेगरी साकेला गाउँपालिका प्रस्ताव गरिएको छ । 

यस्तै, पञ्चमीबजार छितापोखरी केन्द्र रहनेगरि दिप्रुङ गाउँपालिका, खोटाङबजार केन्द्र रहनेगरी खोटेहाङ गाउँपालिका तथा चिसापानी केन्द्र रहनेगरी जन्तेढुङ्गा गाउँपालिका प्रस्ताव गरिएको छ । 

स्थानीय तह १० वटा रहने खाकामा दुर्छिम केन्द्र रहनेगरी हलेसी–तुवाचुङ नगरपालिका, नुनथलाको महुरे केन्द्र रहनेगरी महुरेगढी गाउँपालिका, एँेसेलुखर्क केन्द्र रहनेगरी ऐँसेलुखर्क गाउँपालिका, बाक्सिला केन्द्र रहनेगरी केपिलास गाउँपालिका, दिक्तेल केन्द्र रहनेगरी दिक्तेल नगरपालिका बनाउन प्रस्ताव गरिएको छ । 

यस्तै, मानेभञ्ज्याङ केन्द्र रहनेगरी साकेला गाउँपालिका, पञ्चमीबजार सछितापोखरी केन्द्र रहनेगरी दिप्रुङ गाउँपालिका, खोटाङबजार केन्द्र रहनेगरी खोटेहाङ गाउँपालिका, सिन्ताङ साउनेचौर केन्द्र रहनेगरी बाराहपोखरी गाउँपालिका तथा चिसापानी केन्द्र रहनेगरी जन्तेढुङ्गा गाउँपालिका सिफारिस गरिएको प्राविधिक सहयोग समितिले जनाएको छ । 

यसैगरी, स्थानीय तह १३ वटा बनाउन गरिएको प्रस्तावमा दुर्छिम केन्द्र रहनेगरी हलेसी–तुवाचुङ नगरपालिका, बुइपा केन्द्र रहनेगरी महुरेथुम गाउँपालिका, कुभिण्डेको हरमटार केन्द्र रहनेगरी रावा गाउँपालिका, ऐँसेलुखर्क केन्द्र रहनेगरी एँेसेलुखर्क गाउँपालिका प्रस्ताव गरिएको छ । 

यस्तै, बाक्सिला केन्द्र रहनेगरी केपिलास गाउँपालिका, पाथेका केन्द्र रहनेगरी मेरुङ गाउँपालिका, दिक्तेल केन्द्र रहनेगरी दिक्तेल नगरपालिका, मात्तिम मानेभञ्ज्याङ केन्द्र रहनेगरी साकेला गाउँपालिका, पञ्चमीबजार स–छितापोखरी केन्द्र रहनेगरी दिप्रुङ गाउँपालिका, सिम्पानी केन्द्र रहनेगरी सिम्पानी गाउँपालिका, खोटाङबजार केन्द्र रहनेगरी खोटाङ गाउँपालिका, सिन्ताङ साउनेचौर केन्द्र रहनेगरी बाराहपोखरी गाउँपालिका र चिसापानी केन्द्र रहनेगरी जन्तेडुङ्गा गाउँपालिका सिफारिस गरिएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु